ओखलढुङा,१० जेष्ठ । ओखलढुङाको ठुलाछाप गाविसमा आज करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।
आफ्नै घरको मेनलाईन सर्ट भएको बेला मोवाईल चार्ज गर्न खोज्दा करेन्ट लागेर ठुलाछाप गाविस १ बस्ने ३५ वर्षिया सीता घतानीको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी निशङखेले जनाएको छ।
सोही घरमा बस्ने १८ वर्षिया सरिता विश्वकर्मालाई समेत रेडियो बन्द गर्न खोज्दा करेन्ट लाग्दा उनी घाइते भएकी छन्। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको उक्त कार्यालयले जनाएको छ।