जिल्ला वन कार्यालय भोजपुरले ३ दिने शुसासन सम्वन्धी तालिम सम्पन्न गरेको छ । जिल्ला वन कार्यालयको तालिम हलमा भएको तालिममा वन रक्षक, ग्रुप प्रोमोटर सहजकर्ता, वन महासंघका प्रतिनिधी लगायत २० जनाको सहभागिता रहेको थियो ।
तालिमको सहजीकरण जिल्ला वन अधिकृत दीर्घनारायण कोईराला, र सहायक वन अधिकृत विरेन्द्र महासेठले गरेका थिए । तिन दिन सम्म चलेको तालिमलाई बहुसरोकारवाला वन कार्यक्रमले प्रायोजन गरेको हो ।