Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

मट्टीतेल खन्याएर आगो लगाउँदा महिलाको मृत्यु

महोत्तरीको बनोटामा एक महिलाले आफ्नो शरीरमाथि मट्टीतले खन्याएर आगो लगाउँदा मृत्यु भएको छ। घरायसी तनावका कारण बनौटा ४ बस्ने ज्योति झाले आफ्नै शरीरमा मट्टितेल खन्याएर आगो लगाउँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। मानसिक सन्तुलन गुमाएकी झाले यस अघि पनि दुई पटक आफ्नो शरीरमा मट्टितेल खन्याएर आत्महत्याको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय प्रहरीले जनाएको छ।
बनौटा ४ का राजीव झाकी २३ वर्षिय श्रीमती ज्योतिले लामो समयदेखि चल्दै आएको घरायसी तनावका कारण आफ्नै शरीरमा मटितेल खन्याएर आगो लगाएपछि उनी घाइते भएकी थिइन्। उनको उपचारको क्रममा जनकपुर अञ्चल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक विनोद सिलवालले बताए।
घटना सम्बन्धि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget