
सुप्रिया राई जेठ १४ इटहरी÷किरात राई यायोक्खा सुम्नीमा संघ इटहरीको आयोजनामा साकेला सिली उभौली पर्व भव्य रुपमा इटहरीको तायारिप्ची भवनमा सुक्रवार मनाइएको छ । किरात जातीले हरेक बर्ष बैशाखे पूर्णिमा पर्व पारेर गरिदै आएको भूमिपूजा साकेला चण्डी नाच मनाउदै आएको छ ।
किरात राई यायोक्खाको आयोजना इटहरी र यस आसपासका क्षेत्रमा बसोवास गर्दै आएका किरातीहरुको सहभागीता भएको थियो । किरात राई यायोक्खाले विभिन्न स्थानमा बसोवास गर्दै आएको किरातीहरुमध्ये पनि चाम्लिङ बान्ँतवा देवान आदिमा विभाजित भएर जस्तै उनीहरुको नाच्ने शैली पनि फरक फरक रहने भएकाले उनीहरुलाई सवैलाई एउटै थलोमा भेला गराएर नाच्ने प्रतिस्पर्धा समेत गराउने किरात राई यायोक्खाको योजना रहेको छ ।जातीय धार्मिक परम्परा अनुसार हरेक बर्षको बैशाखे पूर्णिमाका अवसर पारेर भूमिको पूजा गरि भूमिदेवसँग सम्पूर्ण किरात जातीको जातीय उत्थान होस रोगब्याध नलागोस नयाँ बालीनाली सप्रियोस भन्ने कामना गरेर यो धार्मिक पूजा सहित चण्डी नाच नाचेर जातीय संस्कृति संरक्षण गरिदै आएको छ ।

