इलाम, जेष्ठ १९ गते।
इलामको फाकफोकमा मंगलबार काठको गोलिया लोड भएको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएक छ।
मृत्यु हुनेमा ना. २ ख. ७३९० नम्बरको ट्रकका चालक इलाम चमैता गाविस २ बस्ने ४० वर्षिय टेक बहादुर गुरुङ रहेका छन्।
फाकफोकबाट काठको गोलिया लिएर राँके बजारतर्फ जादै गरेको ना. २ ख. ७३९० नम्बरको ट्रक मंगलबार दिउँसो फाकफोक गाविस २ मा अनियन्त्रित भई कच्ची सडकबाट अन्दाजी तिस मिटर तल खस्दा चालकको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी आमचोकले जनाएको छ।