Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

एडिविले विराटनगरलाई थप २ अर्व ६० करोड सहयोग गर्ने


विराटनगर,२८ जेठ ।  एशियाली विकास वैकले विराटनगरको समग्र विकासका लागि थप २ अर्व ६० करोड रुपैया सहयोग गर्ने निर्णय गरेको छ ।
एशियाली विकास वैक , अर्थ मन्त्रालय , परियोजना व्यवस्थापन कार्यालय र विराटनगर उपमहानगरपालिका विच दुई दिन अघि काठमाण्डौ बसेको छलफल पछि उक्त निर्णय भएको हो । एडिवीले हाल संचालित परियोजनाकै लागी यती ठूलो रकम सहयोग गर्ने निर्णय गरेको विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपाल प्रसाद रेग्मीले बताउनु भयो । सहमति अनुसार २ महिना भित्रैमा लागत र नक्साकंन तयार गर्ने र त्यसपछि टेण्डर प्रक्रियामा जाने छ कार्यकारी अधिकृत रेग्मीले जानकारी दिनुभयो ।

परियोजना सफल बनाउन यस अघि उपलब्ध गराएको २ अर्व ४२ करोड रुपैया अपुग हुन गएको थियो । केही दिन अघि विराटनगर आएका एशियाली विकास वैकका कन्ट्रि डाईरेक्टरले उक्त सहयोग गर्ने प्रतिवद्धता जनाईसक्नु भएको थियो । उहाँले एडिविको सहयोगबाट निर्माण भैरहेका ढल , नाला र कालोपत्रे सडकको निरिक्षण समेत गर्नुभएको थियो । विराटनगर नगरक्षेत्रमा निर्माण भैरहेको ढल , नाला र कालोपत्रे सडक एशियाली वैकको पहिलो चरणको सहयोग कार्यक्रम अन्र्तगत  हो । विराटनगर उपमहानगरपालिकाको शहरी विकास तथा योजना महाशाखाका प्रमुख ईन्जिनियर भरत न्यौपानेले एडिविको आश्वासनपछि उपमहानगरपालिकाले आवश्यक प्रक्रृया प्रारम्भ गरेको बताउनुभयो । एडिवीले विराटनगरको समग्र विकासका लागि पहिलो चरणमा सहयोग गरेको  २ अर्व ४० करोड रुपैया अपुग हुने देखिएपछि  थप सहयोग गर्ने बचन दिएको थियो ईन्जिनियर न्यौपानेले भन्नुभयो , थप सहयोगले अव विराटनगरको रुपनै फेरिने छ । पहिलो चरणको सहयोग रकमबाट ६४ किलो मिटर मुख्य क्षेत्रमा नाला , ढल र कालोपत्रे सडक निर्माण हुँदैछ ।

उपमहानगरपालिकाले एडिविबाट प्राप्त गर्ने २ अर्व ६० करोड रुपैया थप सहयोग रकमबाट नाला निर्माण भएको स्थानमा सडक कालोपत्रे बनाउने योजना अघि सारेको छ । हाल सम्म पक्की नालाको पहुँच नभएका चौकहरुमा समेत उक्त रकमबाट नाला निर्माण गर्ने जनाएको छ । यसका लागि विराटनगरको रानी क्षेत्रलाई बढी प्राथमिकत्ता दिएको छ । ईन्जिनियर न्यौपानेले भन्नुभयो , थप सहयोग रकमबाट वढी डुवान हुने क्षेत्रलाई प्राथमिकत्तामा राखेर उपमहानगरपालिकाले योजना बनाई रहेको छ । पहिलो चरणको सहयोगबाट कालीका कन्ट्रक्सनसँग भएको समझौता अनुसार ९० प्रतिसत नालाको निर्माण पुरा भएको छ , भने १० प्रतिसत मात्र ढलको काम पुरा भएको छ ।


Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget