जिल्ला विकास समितिबाट सामाजिक विकास कार्यक्रमअन्तर्गत प्राविधिक तालिमका रुपमा चालक तालिम सुरु गरिएको हो । निःशुल्क रुपमा सिकाइने उक्त तालिम डेढ महिनाको समयअवधि रहेको र तालिममा १५ जनजाति महिला सहभागी छन् ।
सांसद रामेश्वर फुँयालले पुरुषसरह महिलालाई पनि समाजमा स्थापित गर्न उनीहरुलाई आर्थिक सशक्तीकरण गर्नुपर्नेमा जोड दिँदै यस किसिमका तालिमले महिलालाई व्यावसायिक सीप तथा दक्षता अभिवृद्धि गरी रोजगारी सिर्जना गर्ने बताउनुभयो ।
उहाँले महिलाले पनि अवसर प्राप्त गरेमा पुरुषले सरह देश विकासमा सबै काम गर्न सक्छन् भन्ने मान्यतालाई स्थापित गराउने बताउँदै महिलामा वित्तीय पहुँच पु¥याउन सहयोग पुग्ने बताउनुभयो ।
काठमाडौँ महानगरपालिका–६ बौद्धका सचिव रामप्रसाद पौडेलले नगरपालिकाबाट विनियोजित बजेटमा महिला सशक्तीकरणको माध्यमबाट उनीहरुको आयआर्जनका लागि केही प्रतिशत खर्च गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
ओजस्वी नेपालका अध्यक्ष मञ्जु भट्टराईले महिलालाई घरमा चुलो चौकामा मात्र सीमित नगरी व्यावसायिक बनाउनका लागि विभिन्न खालको सीपमूलक तालिमको खाँचो रहेको औँल्याउनुभयो ।