अनिष्मा बस्नेत
झन्डै विश्वभरबाट ७००० भन्दा बढि मानिसहरूको सहभागिता रहेको क्यानडाको ब्राम्टन शहरमा 'ब्राम्टन डे ' यहि जुन ११ मा भब्यताको साथ सम्पन्न भएको छ। उक्त कार्यक्रमको मुख्य उदेश्य विश्वको पर्यटन बिकासको लागि प्रचारप्रसार गर्नु रहेको थियो ।
नेपालले पहिलो पटक क्यानेडियन टुरिजम बोडसगँ सहकार्य गर्दै आफ्नो सहभागिता राष्टिय झन्डा र राष्टिय पोशाकमा सजिदै भब्यताको साथ सम्पन्न गरेको थियो।
यसै विच क्यानडामा रहेको नेपालीहरूले नेपालको धर्म, संस्कृति ,र पर्यटन क्षेत्रको बारेमा जानकारि दिने उदेश्यले नेपाली संस्कृतिको विग्यापन गरेको थियो ।
कुनै समय नेपालको पर्यटन बिकासको लागि प्रचारप्रसार गर्ने उदेश्यले स्वीकृति लिनजादा क्यानेडियन इमिग्रेसनबाट मुर्ख ड्राईबरको संग्या पाएका ट्रक ड्राईबर एन. वि. टन्डन हाल क्यानडाको लागि नेपाल पर्यटन बोडको 'एचपिआरआर'मा नियुक्त भएलगतै यो कार्यक्रममा नेपालले सहभागि हुने अवसर पाएको हो ।
टन्डनका अनुसार उक्त कार्यक्रमले नेपालको पर्यटन क्षेत्रको विकासमा उल्लेखनिय योगदान पुर्याएको र यस्ता कार्यक्रमले नेपाल विश्वमाझ छिटै लेकप्रिय हुनेमा आफु विश्वस्थ रहेको जनाएका छन्।
आगामि जुलाई ८-१० ब्राम्टन सिटिमा हुने कार्यक्रममा पनि नेपालको सहभागिता रहने उक्त कार्यक्रमा नेपालले नेपाली संस्कृति कार्यक्रको साथै नेपाली खानाको समेत प्रचारप्रसारको लागि विग्यापन गर्ने उदेश्यले आफ्नो सहभागिता जनाउँने टन्डनले जनाएका छन।
साथै आगामि दिनहरूमा पनि नेपाल पर्यटन बोड र क्यानेडियन पर्यटन बोडसगँ सहकार्य गर्दै पर्यटन बिकासको लागि आयोजना गरिएका यस्ता कार्यक्रममा नेपालको तर्फ बाट निरन्तर रूपमा सहभागिता जनाउँदै नेपालको पर्यटकिए क्षेत्रको बारेमा प्रचारप्रसार लाई निरन्तर्ता दिने र नेपालको पर्यटकिय विकासको लागि नेपालको १४ अञ्चलमा १४ वटा पर्यटन सुचना केन्द्रको स्थापनाको लागि पहल गरिरहेको टन्डन बताउँछन।