दुर्घट्नामा नेपाल सेनाका पियुठको मृत्यु
मोरङ, २३ जेष्ठ। मोरङको बयरबनमा शनिबार राती बसले ठक्कर दिएर नेपाली सेनाका एक जना पियुठको मृत्यु भएको छ।
श्रीमेहर गण सल्लेरी, धनकुटा ब्यारेकमा कार्यरत पियुठ ईन्द्र बहादुर खडकाको शनिबार सांझ को १ ख २३५५ नम्बरको बसले ठक्कर दिंदा मृत्यु भएको हो। खड्कालाई सांझ साते सात बजेतिर बयरवन ८ स्थित पूर्वपश्चिम राजमार्गमा पैदल हिड्दै गर्दा पूर्वबाट पश्चिमतर्फ जादै बसले ठक्कर दिएको थियो।
बसको ठक्करबाट गम्भीर घाइते खड्काको राती ८ बजे प्राथमिक स्वास्थ्य केन्द्र मंगलबारेमा मृत्यु भएको हो।
बस तथा चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ।