सुप्रिया राई
इटहरी २३ जेष्ठ ।टेस्टी टेस्टी मिस एसएलसी–२०७३” प्रतियोगितामा अडिशनबाट छनौट भएका ३१ जना प्रतियोगिहरुको शुक्रबारबाट तालिम सुरु भएको छ । यसैगरी करिब २३ दिनसम्म प्रतियोगिहरुलाई आधारभुत पत्रकारिता, डाईनिङ्ग विहेवियर, लाईफ स्किल, उद्घोषणकला, प्रभावकारी भाषणकला, बेसिक मेकअप, बिपद् व्यवस्थापन, सेल्फ डिफेन्स, टाईम म्यानेजमेन्ट, फोटोसेसन, प्राथमिक उपचार कार्य, मोटिभेशन, स्क्राप बुक तालिमलगायत १६ वटा व्यवहारिक जीवन उपयोगि तालिम दिईनुका साथै शैक्षिक पर्यटकीय स्थल र औधोगिक क्षेत्रको भ्रमण समेत गराईने छ ।
तालिमको माध्यमबाट युवाहरुको व्यक्तित्व र नेतृत्व बिकास गर्ने संस्था धरान जेसिजको आयोजना तथा भूतपूर्व अध्यक्ष क्लबको संयोजनमा भएको सो प्रतियोगितामा दिईने विभिन्न १६ वटा तालिम मध्ये पहिलो दिन हिजो धरान–८ स्थीत धरान फिटनेश क्लबमा र्याम्पवाक÷ क्याटवाक तालिम दिईएको मिडिया कोेओडिनेटर तथा उपाध्यक्ष सुमित्रा (सन्जु) राईले बताईन् । एसएलसी परीक्षा दिएर खाली बसेका छात्राहरुलाई विभिन्न प्रकारका जीवन उपयोगी तालिम प्रदान गरि उनीहरुमा भएको प्रतिभालाई प्रस्फुटन गराउने मन्च प्रदान गर्ने उदेश्यले सो कार्यक्रमको आयोजना गरेको क्रिएटिभ डाईरेक्टर तथा भूपू अध्यक्ष दोर्पध्वज राईले बताए । प्रतियोगितामा अन्य ११ वटा उपाधीहरु समेत रहेका छन् । जसमा मिस ट्यालेन्ट, मिस डिसिप्लीन, मिस व्युटिफुल, मिस क्याटवाक, मिस वेष्ट ड्रेस, मिस फोटो जेनिक, मिस फ्रेन्डसीप, मिस पर्सन्यालिटी रहेका छन् ।
बि.स. २०७१ सालबाट सुरु भएकोे “टेस्टी टेस्टी मिस एसएलसी” प्रतियोगिताका विजेता क्रमशः बि.स.२०७१ सालमा रिया बजाज र बि.स. २०७२ सालमा एलिसा लिम्बु भएका थिए ।तालिम लिएका ती प्रतियोगिहरुले आगामी जेष्ठ २८ गते सभागृह धरान–८ मा हुने ग्राण्ड फिनाले प्रतिष्पर्धा गर्नेछन् । उक्त प्रतियोगिताबाट प्रथम बन्न सफल प्रतियोगिले मिस एसएलसी–२०७३ को उपाधीसँगै, क्राउन, ट्रफी, प्रमाणपत्र, नगद, काठमाडौमा आयोजना हुने मिस टिनमा सहभागि हुने अवसर, कक्षा ११ र १२ सम्म धरान–४ स्थीत धरान उच्च मा.विमा निःशुल्क पढ्ने गरी छात्रावृत्ति साथै अन्य विभिन्न उपहारहरु प्राप्त गर्ने अध्यक्ष अतुलदीप श्रेष्ठले बताए । यसैगरी दोस्रो र तेस्रोले क्राउन, ट्रफी, प्रमाणपत्र, नगदसँगै अन्य उपहारहरु प्राप्त गर्नेछन् ।