Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

रंगेलीमा ग्यासको अभाव

कुुमोद अधिकारी 
विराटनगर , २२ जेठ । डिलरले माग अनुुसारी ग्यास नदिएपछी मोरंङको रंगेलीमा ग्यासको अभाव भएको छ । कम्पनीले ग्राहक शख्या भन्दा निकै कम ग्यास डिलरलाइ  दिएपछी  उपभोक्ताले ग्यास सकिएको एक महिनापछी मात्र अर्को ग्यास सिलिण्डर पाउने गर्दछन । 
रंगेली नगरपालिकमा कोशी ग्यासका एक हजार गा्रहक छन । तर सो कम्पनीले महिनामा साढे तिनसय सिलिण्डर मात्र ग्यास दिने गरेको छ । कोशी ग्यासले रंगेलीका ग्यास विक्रेतालाइ सौताको व्यवहार गर्ने गरेकाले समस्या आएको डिलरहरुको गुुनासो रहेको छ ।
  
छेउछाउका वजारहरुमा माग भन्दा वढि सिलिण्डर दिएतापनी रंगेलीका विक्रेताले माग्दा ग्यास नदिने गरेकाले ग्यासको अभाव हुुन गएको विक्रेताको भनाइ छ ।

भारतवाट मागको ४० प्रतिशत मात्र ग्यास आउने गरेकाले रंगेलीमा माग अनुुसार ग्यास  उपलव्ध गराउन नसकेको  कोशी ग्यास कम्पनीका प्रमुुख सचित उपाध्यायले बताउनुुभयो ।
विराटनगर लगायत आसपासका क्षेत्रमा ग्यास आपुुर्ति सहज भन्दै गएको समयमा ग्यास नपाएपछी रंगेलीका उपभोक्ताले सहज रुपले ग्यासको व्यवस्था मिलाउन माग गरेका छन । ग्यासका लागी उनीहरुले एक महिना अघि पसलमा सिलिण्डर वुुझाउने गरेका छन । 

स्थानिय विष्णु घिमिरेले, मधेशी मोर्चाका आन्दोलनमा पनी याहाका डिलरले सहज रुपले कोशी ग्यास दिने गरेकोमा अहिले झन परिसिथति सहज भइरहेको अवस्थामा  ग्यासमा लाइन वस्नुुपर्ने वाध्यता रहेको बताउनुुभयो । 

कोशी ग्यास डिलर श्रीजी इलोक्ट्रोनिकका दिलिप अग्रवालले माग अनुुसार ग्यास नआउदा विक्रिगर्न समस्या हुुने गरेको बताउनुुभयो । आउने वितिकै सवै ग्यास विक्रि गर्ने गरेको उहाको भनाइ छ । अरु ग्यास सहज भएपनी कोशी ग्यास केही महिना एता सहज रुपले  आउन सकेको छैन ।
 विराटनगरमा ठेलामा राखेर ग्यास विक्रिगर्न घरघर पुुग्न थालेका छन तर हामी काहा माग भन्दा निकै कम ग्यास आउने गरेको उहाले गुुनासो गर्नुुभयो । 

रंगेली वजारमा कोशी, प्रिमा र सुविधा ग्यासका डिलर छन । ती मध्ये कोशी ग्यास प्रयोगगर्ने उपभोक्ता धेरै रहेकाले कोशी ग्यासको माग धेरै रहको अग्रवालको भनाइ छ । 

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget