आदिवासी जनजातीको तालिम सम्पन्न
विराटनगर ८ असार । आदिवासी जनजातिका बारेमा अन्तराष्ट्रिय संघ संस्थाहरु संयुक्त राष्ट्र संघ अन्तराष्ट्रिय श्रम संगठन आईएलो १६९ आदि जस्ता संस्थाहरुले प्रतिपादन गरेका हक अधिकार र कर्तव्य विषयक एक दिने सचेतना तालिम सम्पन्न भएको छ ।
नेपाल आदिवासी जनजाति महांसघ नगर समन्वय परिषद् विराटनगरको आयोजना तथा विराटनगर उप महानगरपालीकाको आर्थिक सहयोगमा मंगलबार विराटनगर १६ र १७ वडामा रहेका आदिवासी महिला तथा पुरुष हरुका लागी तालिम प्रदान गरिएको हो ।
संचेतना तालिमको उद्घाटन्मा प्रमुख अतिथी नेपाल आदिवासी जनजाति महांसघ जिल्ला समन्वय परिषद् मोरङ्गका अध्यक्ष मिलन कुमार राईले राज्यले योजनाबद्ध तवरले आदिवासी जनजातिहरुको हक अधिकारलाई संरक्षण एवं सम्बद्र्धन गर्न उनीहरुको क्षमता तथा नैतिक मुल्य मान्यताहरुलाई प्रत्याभुति हुने व्यवस्थालाई सक्रिय सहभागिता गराउनु पर्ने बताए । साथै वहाँले देश भित्र रहेका आदिवासी जनजाती अन्य समूह हैसियतमा राष्ट्रिय कानुन तथा नितीहरु प्रदान गर्ने अधिकार सुविधाहरु उपभोग गर्न पाउने कानुनी व्यवस्था मिलाउनु पर्ने बताए ।
त्यसैगरि आदिवासी अगुवा दिल बहादुर थेवेले आदिवासी जनजातीहरुको अधिकारसंग सम्बन्धित अन्तराष्ट्रिय सम्झौतामा हस्ताक्षर गरेपनि कार्यान्वयन नगरेको गुनासो गरे । कार्यक्रममा किराँत याक्खा छुम्माका केन्दि«य कोषाध्यक्ष भुपेन्द्र देवान, नेपाल आदिवाशी महासंघ नगर समन्वय परिषद विराटनगरका अध्यक्ष सुरेश सिंह गन्गाई, राखेका थिए । तालिमलाई विराटनगर उपमहानगरपालिका का बालमैत्री फोकल पर्सन डिल्ली धिमाल लगायतले बालमैत्री अवधारणा सम्बन्धी तालिम दिएका थिए ।
त्यसैगरी आदिवासी अगुवा दिल बहादुर थेवेले आदिवासी जनजातीहरुको हक अधिकार तथा अन्तराष्ट्रिय महासन्धी श्रम संगठन आईएलो १६९ का बारेमा तालिम प्रदान गरिएको नगर परिषदका सचिव तथा कार्यक्रम संयोजक प्रेम देवानले जानकारी दिए । तालिममा विराटनगर १६ र १७ का ४० जना आदिवासी जनजाती समूदायका महिला तथा पुरुषहरुको सहभागिता रहेको कार्यक्रम संयोजक देवानले जानकारी दिए ।