Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

कार र मोटरसाइकल ठोक्किंदा तीन जना घाइते


झापा, २१  जेष्ठ । झापाको बिर्तामोडमा बिहिबार राती कार र मोटरसाइकल एक आपसमा ठोक्किंदा तीन जना घाइते भएका छन।
पूर्वबाट पश्चिमतर्फ जादै गरेको बा १० च ५०५८ नम्बरको कार र विपरित दिशाबाट आउदै गरेको मे ४ प १२९३ नम्बरको मोटरसाइकल राती ८ बजेतिर बिर्तामोड नगरपालिका १ भगवान चोकमा ठोक्किएको थियो।
दुर्घटनामा मोटरसाइकलका चलाक बिर्तामोड नगरपालिका ६ का २१ वर्षिया दिपक बास्कोटा, पछाडी सवार उनका भाई १८ वर्षका दिपेश बास्कोटा र कार चालक झापा कन्काई नगरपालिका ६ बस्ने २१ वर्षिय नवराज श्रेष्ठ सामान्य घाइते भएका हुन्।
घाइते तीनै जनालाई उपचारकालागी बिर्ता सिटी हस्पिटल पुर्‍याइएको छ भने कार धनि बिर्तामोड १ का ३१ वर्षिय युवराज प्रसाईको निधारमा सामान्य चोट लागेकोले बिएनसि अस्पताल लगि उपचार गराइएको छ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget