Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

" तिमी आएपछी"गजल सार्वजनिक

भोला अधिकारी काठमान्डौ २९ जेष्ठ । आजभोली युवापुस्तामा गजल मोह निकै बढेको छ । यसै हप्ता युवा गजलकार कमल अर्याल ‘धादिङे’को "तिमी आएपछि गजल सार्वजनिक गरिएको छ ।

साथै उत्त कार्यक्रममा ‘गजल रत्न पुरस्कार’द्वारा गजलकार " धादिङे" लाई सम्मान गरिएको छ । हाम्रो मझेरी साहित्य प्रतिष्ठानको १७औं वार्षिक उत्सवको अवसरमा गत शनिबार चितवनमा आयोजित कार्यक्रममा गजल संग्रह सार्वजनिक गरिएको थियो । कार्यक्रमका मुख अथिति डा. नवराज लम्सालले कमल अर्यालको लेखकीय ऊर्जाको प्रशंसा गर्र्दै बानी व्यवहार पनि उत्कृष्ठ रहेको बताए । ‘कमलजी जति र्जावान् लेखक हुनुहुन्छ उति नै इमानदार पनि हुनुहुन्छ,’ उनले हाैसला दिएका थिए ।

पुरस्कृत स्रष्टा अर्यालले आफू डा. लम्सालको पुरानो फ्यान भएको बताए । अर्यालले यसअघि पनि गजल संग्रह लिएर आएका थिए । गजललाई बृहत् बनाउने अभियानमा सक्रिय रुपमा लागिपरेका स्रष्टा हुन उनि। सोही कार्यक्रममा समालोचक डा. एकनारायण पौडेललाई नातिकाजी संगीत सम्मान छ भने, दार्जिलिङ भारतका संगीतकार मणिकमल क्षेत्रीलाई महाकवि देवकोटा स्मृति साहित्य सम्मान छ ।त्यस्तै मणिराज सिंहलाई पारिजात स्मृति साहित्य सम्मान प्रदान गरिएको संस्थाका अध्यक्ष पुष्प अधिकारी ‘अञ्जली’ले बताए । कार्यक्रममा गंगा कर्माचार्य पौडेललाई नारी जागरण साहित्य सम्मान, सुमित्रा पौडेल आचार्यलाई हाम्रो मझेरी युवा पत्रकारिता सम्मान र नारायण ढुंगानालाई हाम्रो मझेरी युवा प्रतिभा सम्मान प्रदान गरिएको थियो । निर्मल ढुंगानालाई नेपाली कला साहित्य सम्मान एवं विक्रम शिशिर चन्दलाई गजल मोतीराम सम्मान प्रदान गरिएको थियो ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget