Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

ख्वापामा अनौंठो कुवा


भोला अधिकारी
काठमाडौं ।  ख्वापा नाट्यशालामा नाटक अनौंठो कथा मञ्चन शुरु भएको छ । विश्व प्रसिद्ध नाटककार डेन किसानद्धारा लिखित नाटक  नाटकलाई प्रविन खड्गीले नेपाली नाटकमा रुपान्तरण गरेका हुन । अनौंठो कुवा नाटकलाई प्रविनले नै निर्देशन गरेका छन् । वालमनोविज्ञानमा आधारित उत्त नाटक जेठ २९ गते देखि असार ४,११ ग्ते शनिवार शनिवार मञ्चन हुने नाट्य समुहले जनाएको छ ।

नाटकमा एउटा जिम्मि (सचिन कडेंल) को गाउँ छ । उत्त गाउमा एउटा अनौठो खाल्को कुवा छ ,जुन कुवामा सिक्का हालेर इच्छा माग्ने गर्दछन् । सिक्का हाले पछि आपुले मागेको इच्छा पुरा हुने जन बिस्वासमा मान्छेहरु टाढा टाढा बाट इच्छा माग्न आउँछन् । माइकी जिम्मिको साथीले इच्छा माग्छ । तर उस्लाई के थाहा ,उस्को इच्छाले मृत्युको छायाँ बोक्ने ब्यान्सीलाई टक्कर दिन्छ ।
यस्तै विषय बस्तुलाई अनौठो कुवा नाटकमा प्रस्तुत गरिएको छ । नाटकले घरि हँसाउ भने छिनमा भावुक बनाउँछ । विदेशी लेखकको नाटक किन मञ्चन गर्नुभयो भन्ने प्रश्नमा निर्देशक भन्छन् उत्त नाटकले आफ्नो मन छोएको र बालमनोविज्ञानलाई छोएको  छ । ,त्यसैले वालबालिकाका साथै सबैका लागी  मञ्चन गरिएको बताए ।
अनौठो कुवामा प्रदिप नेपाल, सचिन कडेंल,सन्देश घिमिरे,रोशनी साप्कोटा,उमा तामाङ,प्रदिप खड्गी,दिपुमाया तामाङ,सुमित्रा मगर,सुरेन्द्र कटुवाल,सम्झना मगर,सुशान्त तामाङ,युवराज अर्याल,अर्जुन बोहोरा लगाएको अभिनय रहेको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget