Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

आज नेपाल बन्द,बन्दकर्ताले ट्याक्सी आगजनी,एक्काईस बन्दकर्ता पक्राउ


विराटनगर २७ जेष्ठ । नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दका कारण आज राजधानी सहित नेपाल भरिको जनजीवन प्रभावित भएको छ ।

बन्दका करण सार्वजनिक यातायातका साधन कम चलेका छन् भने निजी सवारीसाधन भने उल्लेखित मात्रामा चलेका छन् । महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीका अनुसार बन्द गराउँदै हिँडेका २१ जनालाई राजधानीका विभिन्न स्थानबाट पक्राउ गरिएको छ । तीनकुनेमा एक ट्याक्सीमा बन्दकर्ताले आगजनी गरेको उहाँले जानकारी दिनुभयोे ।
बन्दकर्ताले काठमाडौंको कोटेश्वरमा चालकसहितको ट्याक्सीमा आगजनी गरेका छन् । बिहीबार बिहान कोटेश्वरमा दुई जना बन्दकर्ताले बा १ ज ८२०६ नम्बरको ट्याक्सीमा चालक भित्रै रहेका बेला आगजनी गरेको प्रहरीले जनाएको छ ।
कलंकी जान भन्दै आएका दुई जनामध्ये एक जनाले चालकसँग बार्गेनिङ गरेको  र अर्का एक जनाले पेट्रोल खनाएर आगो लगाएको प्रहरी निरीक्षक अजय जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरुले एक लिटर पेट्रोल ल्याएकोमा ८ सय एमएल ट्याक्सीमा खन्याएका थिए ।
आगो लाग्न थालेपछि चालक भागेको उहाँले बताउनुभयो । आगजनी गर्ने दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । आगजनीका कारण ट्याक्सीमा आशिंक क्षती पुगेको छ । चालक मकवानपुरका २४ वर्षका सुवास परियार सुरक्षित रहेको प्रहरी निरीक्षक जोशीले बताउनुभयो ।

 त्यसैगरी बन्दले पुर्वाञ्चलको जनजिवन प्रभावित भएको छ । विराटनगरबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी सधनहरु चलेका छैनन भने फाट्टफुट रुपमा आकस्मिक सावारी संञ्चालन भईरहेको छ । पुर्वको मुख्य सडक तथा भित्री सडकमा बन्दकर्ताहरु सडक बन्द गराउदै हिडेका छन् । कति पयठाँउमा बन्दकर्ताहरु नदेखिए पनि सवारीसाधन चल्न सकेका छैनन् ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget