
ताप्लेजुङ, असार १० ।
ताप्लेजुङको पाथिभरा क्षेत्रमा वन फडानी तीव्र भएको छ । वन फाँडर घर बनाउनेहरु सक्रिय भएका छन् । अहिले अबैधानिक रुपमा रातारात दैनिक घर निर्माण भइरहेका छन् भने सामुदायीक वन फडानी समेत रोकिएको छैन । सामुदायीक बन उपभोक्ता समितिका पदाधिकारीकै संरक्षणमा पाथिभरा क्षेत्रमा वन फडानी भईरहेको छ पाथिभरा क्षेत्रमा रहेको सामुदायीक बनको अतिक्रमण बढेको र अबैधानिक घर टहरा निर्माण भएको भन्ने गुनासो आएको र आफूले पनि देखेको बताउँदै ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले कारवाहिका लागि जिल्ला वन कार्यालयलाई निर्देशन दिएको बताउनु भयो ।