उदयपुर र मोरङ, जेष्ठ २१ गते।
उदयपुर र मोरङ जिल्लामा आज भएको सवारी दुर्घटनामा परी दुई जना घाइते भएका छन्।
उदयपुरको लेखानी गाविस ३ स्थित ठाँटीमा कटारीबाट सामान लिएर खोटाङ जिल्लातर्फ जादै गरेको ना ३ ख ७७९३ नम्बरको ट्रक बिहान ०८;३० बजे सडकबाट अन्दाजी सय मिटर तल खस्दा टयाक्टर चालक ओखलढुङ्गा निसंखे ४ बस्ने २२ बर्षिय अम्बर बहादुर श्रेष्ठ घाईते भएका छन्। घाइते चालकको कटरी अस्पतालमा उपचार भईरहेको प्रहरी चौकी घुर्मीले जनाएको छ।
त्यसैगरी मोरङको कटहरी गाविस २ स्थित बिराटनगर-रंगेली सडक खण्डमा सिस्वनी जहदास्थित शैलेजा आचार्य पोली टेक्निकल कलेजको बिधार्थी बोक्ने को १ क ११५१ नम्बरको बसको ढोकाबाट लडेर सोही कलेजमा अध्ययनरत खोटाङ लिकुवापोखरी ९ बस्ने १९ बर्षिया निनम्मा राई घाईते भएकी छिन्।
घाइते राईलाई उपचारकोलागी न्युरो अस्पताल बिराटनगर पठाइएको छ भने बस र चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।