Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

सिरहाको दुई स्थानमा सवारी दुर्घटना १७ जना घाइते

सिरहा, असार १ गते।
पूर्व पश्चिम राजमार्ग अन्तरगत सिरहाको दुई स्थानमा मंगलबार भएको सवारी दुर्घटनामा १७ जना घाइते भएका छन्।
सिरहाको धनगढीमाई नगरपालिकामा सिरहा बाट राजबिराज आउदै गरेको बा २ ख ८७३१ नम्बरको बसको ब्रेक फेल भई दुर्घटना हुँदा १४ जना यात्रु घाईते भएका हुन्।
घाइते सबैको स्थानिय भुमिजा अस्पतालमा उपचार भइरहेको छ भने चालक फरार रहरकाले खोजी कार्य भइरहेको छ। त्यसैगरी गोलबजार नगरपालिका ८ मा ग ४ प ५४७५ र स ५ प ६७०४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा तीनजना घाइते भएका छन्।
घइते हुनेमा मिर्चैया नगरपालिका ११ वस्ने २७ वर्षिय मिथलेस यादव, गोलबजार ६ बस्ने २९ वर्षिय दिनेश साह र ६२ बर्ष को राम चन्द्र साह रहेका छन्। घाइते तीनै जनाको स्थानिय अस्पतालमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget