Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

जुनसुकै लगानीका लागि नेपालमा राम्रो अवसर : गभर्नर नेपाल

जुनसुकै लगानीका लागि नेपालमा राम्रो अवसर : गभर्नर नेपाल
 काठमाडौं । जुनसुकै क्षेत्रमा लगानी गरेर पर्याप्त मुनाफा आर्जन गर्नको लागि नेपाल उपयुक्त क्षेत्र भएको राष्ट्र बैङ्कका गभर्नर डा. चिरञ्जीवी नेपालले बताएका छन् । नेपालको हरेक क्षेत्रमा स्वदेशी विदेशी जुनसुकै लगानी गर्न सकिने उनको भनाई थियो । नेपाल उद्योग परिसङ्घ (सिएनआई)ले शुक्रबार राजधानीमा आयोजना गरेको ‘पूर्वाधारमा लगानी : अवसर र चुनौती’ विषयक छलफल कार्यक्रममा गभर्नर नेपालले नेपाल अवसरै अवसरको देश भएको बताए ।  
नेपालमा जुनसुकै क्षेत्रमा लगानी गर्न सकिने कुरा विगतको नाकाबन्दीले नै देखाएको उनले बताए । ‘नेपालमा हरेक वस्तुको आयात गर्नुपर्ने अवस्था रहेकाले सबै कुराको अभाव रहेको देशमा  जुनसुकै क्षेत्रमा लगानी गर्ने राम्रो अवसर छ’, उनले भने । नेपालमा ऐन नियमहरु बनिसकेको र बन्न बाँकी पनि विस्तारै बन्ने भएकाले कानूनकै आधारमा लगानी गर्न डराउनुपर्ने अवस्था नरहेको उनको भनाई थियो । अहिले पनि नेपालमा लगानी गरेका कसैले घाटा खानु नपरेकाले लगानीकर्ताका लागि नाफा कमाउन नेपालमा प्वालैप्वाल भएको उनले बताए । नेपालमा भएका ऐन नियम दक्षिण एशियाकै उत्कृष्ट खालको भएको भन्दै उनले भने, ‘नेपालमा लगानी र पनि प्रतिफलको संभावना भएर नै एनसेल जस्तै अर्को टेलिकम कम्पनी लगानी गर्न आउन लागेको छ । यसले नेपाल लगानीको राम्रो क्षेत्र भएको पुष्टि गर्दछ ।’ लगानीकर्ताले नेपालमा राजनीतिक स्थिरता, नीति नियममा एकरुपमा, श्रम कानून, कर कानून र महँगी दर लगायतको सुरक्षा खोज्ने गरेको गभर्नरको भनाई थियो ।
कार्यक्रममा उद्यमी व्यवसायीले नेपालमा लगानी गर्ने स्रोतको कमि रहेको बताइरहेका बेला गभर्नरले भने आफूलाई त्यो कुरामा विश्वास नलागेको बताए । नेपालको कुल जिडिपी २२ खर्ब रुपैयाँ रहेकोमा हाल बैङ्क, नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष जस्ता संस्थामा लगानीका लागि योग्य झण्डै १९ खर्ब रुपैयाँ थन्किएर बसेको उनले बताए । देशका ठूला जलविद्युत आयोजनाको निर्माणका लागि वैदेशिक लगानी पनि आवश्यक पर्ने तर देशमै पनि स्रोतको अभाव नरहेको उनको भनाई थियो । देशको विकासका लागि पूर्वाधार विकास बैङ्कको आवश्यकता विगतका वर्षहरु देखि नै गरिदै आएको भएपनि अब आएरै छाड्ने गभर्नरको विश्वास थियो ।
कार्यक्रममा परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले ठूला पूवार्धार निर्माणको क्षेत्रमा नेपालमा लगानीको राम्रो सम्भावना भएको बताए । शर्माले राजनीतिक अस्थिरता, आवश्यक कानून तथा ऐन नियमको समस्याले पर्याप्त लगानी आउन नसकेको बताए । देशका ठूला परियोजनामा खर्बौ रुपैयाँ आवश्यक पर्ने भएकाले विदेशी लगानी आवश्यक पर्नेमा उनको जोड थियो । नेपालको आन्तरिक समस्या र अस्थिरता आदिले विदेशी लगानीकर्ता नेपालमा आउन नसकेको उनको भनाई थियो । नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले ऐन कानून मात्र भएर नहुने भन्दै राजनीतिक इच्छाशक्ति र वातावरण चाहिने बताए । पूर्वाधार विकासका लागि सरकारले प्रतिबद्धता जनाउन सके लगानी आउने उनको भनाइ थियो । नबिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत सशीन जोशीले ठूला आयोजना बनाउन नेपाली बैङ्कहरुको क्षमता नभएकाले विदेशी लगानीबाटै भएपनि देशमा १० हजार मेगावाटको जलविद्युत आयोजना निर्माण गर्नुपर्ने बताए ।
कार्यक्रममा बिशेष गरि ऊर्जा क्षेत्रसँग सम्बन्धित लगानीका अवसर र चुनौती विषयमा भएको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिंदै ऊर्जा सचिव सुमन प्रसाद शर्माले ऐन नियमले आयोजना बन्न नरोकेको बताए । सरकारी काम गराईमा केहि समस्या भएपनि त्यसलाई सुधार गरेर गएमा लगानीको पर्याप्त सम्भावना रहेको र त्यस किसिमको वातावरण पनि बन्दै गएको उनको दावी थियो । कार्यक्रममा सरोकारवाला क्षेत्रका विषय विज्ञले आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख, उद्योगी, व्यवसायी लगायतका व्यक्तिहरुले देशको पूर्वाधार क्षेत्रमा देखिएका लगानीको अवसर र चुनौतीका बारेमा आफ्नो धारणा प्रस्तुत गरेका थिए ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget