Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

विराटनगरमा वृक्षारोपण अभियानको शुभारम्भ


विराटनगर, २२ जेष्ठ । हरितनगर बनाउने योजना अनुसार विराटनगरमा आज वृक्षारोपण अभियानको शुभारम्भ गरिएको छ । विराटनगरलाई ५ बर्षभित्रमा ५० हजार बिरुवा रोपी हरितनगर बनाउने अभियानको  औपचारिक उद्घाटन गरिएको हो ।

 १ सय ७ बर्षीया वृद्धा धनमाया घिमिरेले शनिबार विरुवा रोपेर विराटनगर उपमहानगरपालिकाको हरितनगरी बनाउने अभियानको सुभारम्भ गर्नुभयो । विराटनगरको पुष्पलाल चौक, बुद्ध चौक हुँदै भट्टाचौकसम्मको सडक निर्माण भैसकेकाले सो सडकको डिभाइडरमा शनिबार धुपीको बिरुवा रोपिएको छ । विराटनगरमा ५ बर्ष भित्रमा ५० हजार विरुवा रोप्ने तयारी गरे अनुसार यो बर्ष मात्र ६ हजार विरुवा रोपिने विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मीले जानकारी दिनुभयो । अहिले विराटनगर विकास निर्माणमा लागेकाले बाटो विग्रेर केहि असजिलो भएपनि अबको एकबर्ष भित्रमा सबै निर्माण कार्य सक्नेगरि तिव्ररुपमा काम गरिरहेकोसमेत उहाँले जानकारी दिनुभयो ।  सबै नगरबासीको सहयोगबाट मात्रै विराटनगरलाई अगाडि बढाउन सकिने भन्दै उहाँले रोपेको विरुवा हुर्काउने जिम्मेवारी नगरवासीको भएको उल्लेख गर्नुभयो ।

वृक्षारोपणका लागि जिल्ला वन कार्यालय विराटनगरले हुर्केको विरुवा दिएर विराटनगरलाई हरितनगर बनउने अभियानलाई सहयोग पु¥याएको छ । वन कार्यालयले यसबर्ष विराटनगरमा रोप्नका लागि १० हजार विरुवा सहयोग गर्ने र क्रमिकरुपमा आवश्यकता अनुसार विरुवा उपलब्ध गराई विराटनगरलाई हतिरनगरी बनाउन सक्दो सहयोग पु¥याउने जनाएको छ ।

यता स्थानीयबासीहरु समेतउपमहानगरपालिकाको अभियान सह्रानीय रहेको भन्दै आफुहरुको साथ र सहयोग रहने प्रतिबद्धता जनाएका छन् ।  शनिबार भएको वृक्षारोपण कार्यक्रममा १ हजार भन्दा बढी नगरवासीको सहभागिता रहेको थियो । बृक्षारोपणमा विभिन्न सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रमुख लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधि र विद्यार्थीहरुसमेत सहभागी भएका थिए ।


Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget