
गायक, संगितकार तथा म्युजिक भिडियो निर्देशक राकेश किराँती नेपाली गित संगितको दुनियामा एउटा चर्चित नाम हो। सुमधुर स्वर का धनी किराँती कुशल गायक त हो नै, त्यासको अलवा उनी मीठो संगित भर्नमा उत्तिकै पोख्त छन भने म्युजिक भिडियो निर्देशन गर्नुमा निक्कै खप्पिस छन।
खोटाङ पाथेकामा जन्मेका गायक,संगीतकार तथा म्युजिक भिडियो निर्देशक राकेश किराती अहिले गायिकी साथै म्युजिक भिडियो निर्देशन र संगीतमा बेस्त देखिन्छन१बिगत ११ बर्षदेखि निरन्तर गीतसंगीतको दुनियामा रमाई रहेका किरातीले आफ्नो यात्रा गायिकिद्वारा नै सुरुवात गरेका हुँन १ २०६२ साला देखि यता काठमाडौं र धरान लाइ आफ्नो कर्म थलो बनाउदै आएका उनि अहिले सिक्किम नाम्चेका गीतकार चन्द्रा राईको शब्दमा तयारि हुदै गरेको एल्बमको एकल संगीतमा बेस्त छन।म्युजिकको क्षेत्रमा लाग्न प्रेरित आफ्नै परिवार र राजेश पायल राई र बिनोद खम्बुलाइ दिने उनि अहिले निकै आफू बेस्त भएको बताउछन् । लगभग ४ दर्जन गीतमा आवाज र संगीत दिसकेका किराँतीले रिलिज हुन बाकी र रिलिज भैसकेको भिडियो गरि झन्डै २ दर्जन म्युजिक भिडियो निर्देशन गरिसकेका छन।हालसालै मात्र ूआफ्नो ठाउँमाूनामक एल्बम बजारमा ल्याएका उनी गायक, सङ्गीतकार,निर्देशक मात्रै नभएर एडिटर पनि हुन आफुले निर्देशन गरेका म्युजिक भिडियो प्राय उनी आफै एडिट गर्छन।ूआफ्नो ठाउंमाू एल्बम भित्र समाबेश ूमारुनिमाू बोलको गितले अहिले निकै चर्चा कमाईरहेको छ।
पारिवारिक सपोर्ट राम्रो भएको कारण आफु सफल भएको उनि बताउछन। उनको सङ्गीतमा राजेश पायल राई,बिनोद खम्बु जस्ता चर्चित कलाकारहरुले स्वर दिसकेका छन।बहुप्रतिभाको धनी किराँती कार्यक्रमहरुमा समेत उतिकै बेस्त देखिन्छन।सानै उमेर देखि नौलो सोच र बिचार लिएर अगाडि बढ्न रुचाउने किरातिले निर्देशन गरेका म्युजिक भिडियोहरु र उनले गरेका सङ्गीतहरुमा धेरै फरकपन देख्न र सुन्न सकिन्छ।गीतसङीतको दुनियाँ मा आफुले फरकपन ल्याएको कारण नै आफू बेस्त भएको बताउने किराँती निकै रमाइलो र मिजासिलो स्वभाबका छन।