Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

बालवालिकाको लागि खोप प्रभावकारी बन्दै

विराटनगर ३२ जेष्ठ ।  बालवालिकामा रोग नियन्त्रणको लागि खोप प्रभावकारी बन्दै गएको स्वास्थ्य क्षेत्रका विज्ञहरुले बताएका छन् ।

राष्ट्रिय खोप अभियान सञ्चालन गरे सँगै पाँच वर्ष मुनिका बालवालिको मृत्यु दरमासमेत कमी आएको उनीहरुको भनाई छ ।
विराटनगरमा मंगलबार आयोजना गरेको राष्ट्रिय खोप कार्यक्रम सञ्चारकर्मी तथा सरोकारवालासँगको छलफल कार्यक्रममा बोल्दै बाल स्वास्वास्थ्य माहाशाखा खोप अधिकृत भरत भण्डारीले नियमित रुपमा बालवालिकाहरुले खोप लगाएको हुनाले ५ वर्ष मुनिका बालवालिकाको मृत्युदरमा कमी आएको बताए । अहिले नियमित रुपमा ११ वटा खोप निःशूल्क रुपमा दिदै आएको हुनाले ८७ प्रतिशत बालवालिकाले पूर्ण रुपमा खोप लगाएको बताए ।
सरकारले सन २०१७ सम्ममा देशलाई नै पूर्ण खोप युक्त घोषणा गर्ने तयारी अनुरुप अहिलेसम्म १७ वटा जिल्ला पूर्ण खोप युक्त घोषणा भइसकेको छ । त्यस्तै ४५ वटा नगरपालिका र एक हजार ५ सय गाविसहरु पूर्ण खोप युक्त घोषणा भएको भण्डारीले जानकारी दिए । उनले अहिले १३ प्रतिशत बालवालिका पूर्ण खोपबाट बञ्चित भएको र ३ प्रतिशतले खोप नपाएको बताए
कार्यक्रममा बोल्दै जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख भानु येङ्गदेन्ले मोरङको ३३ वटा गाविस पूर्ण खोप युक्त गाविस घोषणा भएको जानकारी दिए । उनका अनुसार जिल्लामा खोप अभियान प्रभावकारी छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget