Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

‘त्यो छुट्ने दिन ’ सर्वोत्कृष्ट

काठमाडौं,२७ जेष्ठ  ।  गीतकार अनुप जोशीको ‘त्यो छुट्ने दिन ..’बोलको गीत म्युजिक खबर म्युजिक अवार्डको सर्वोत्कृष्ट पाँच विधामा पर्न सफल भएको छ ।
सुगम संगीत अन्तर्गत उक्त गीत म्यूजिक भिडियो छायाँकार(हरि हुमागाईं ), सर्वोत्कृष्ट गीतकार(अनुप जोशी), सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक(विशाल भण्डारी), सर्वोत्कृष्ट गायक (रवीन्द्र राई) र सर्वोत्कृष्ट म्यूजिक भिडियो सम्पादक (निशान घिमिरे) गरेर उत्कृष्ट पाँच विधामा अवार्डको लागि मनोनयनमा पर्न सफल भएको हो । 
पाँचौं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको हो । म्युजिक अवार्डको ३२ विधामा मनोनयन सार्वजनिक गरिएको छ । उक्त अवार्ड वितरण कार्यक्रम आगामी असार ३० गते काठमाडौंको राष्ट्रिय नाचघर जमलमा हुनेछ । आयोजक संस्था म्यूजिक खबर डटकमले प्रेस विज्ञप्तिमार्फत पाँचौं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरेको हो । पाँच वर्षअघिदेखि आयोजना गरिँदै आएको यस अवार्डमा यसभन्दा अघि पनि राष्ट्रियस्तरका विभिन्न कलाकारहरुले अवार्ड चुम्दै आएका छन् भने यस वर्ष पनि १ सय ६० जना कलाकार एवं सिर्जनाबाट उत्कृष्ट ३२ विधामा अवार्ड चुम्नेछन् । आयोजक संस्थाका अनुसार गीतसंगीतका विभिन्न ३२ विधामा आयोजना गरिँदै आएको म्यूजिक खबर अवार्डमा गीतसंगीतका करिब ११ सय गीतसंगीतले भाग लिएका थिए ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget