मृत्यु हुनेको सख्या ९ पुग्यो
पाँचथर, २० जेष्ठ । पाँचथरमा जंगली च्याउ खाएर थप एक बालकको आज मृत्यु भएको छ।
पाँचथर थर्पु गाविस ६ बस्ने धन बहादुर मावोको ५ वर्षका छोरा प्रशान्त मावोको आज उपचारका क्रममा मृत्यु भएको हो।
यही जेष्ठ १४ गते आमाले जंगलबाट ल्याएको च्याउ खाएर बिरामी परेका मावोलाई उपचारका लागी जिल्ला अस्पताल लगिएकोमा उपचार हुन नसकेपछि विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लगिएको थियो। मावोको उपचारका क्रममा आज दिउँसो २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
योसंगै पाँचथरमा दश दिन अवधिमा जंगली च्याउ खाएर मृत्यु हुनेको संख्या नौ जना पुगेको छ।