विरगञ्ज २० जेठ । हिन्दू स्वयंसेवक संघ नेपालले हिन्दुजागरण अभियानका लागी तालिम शूरु गरेको छ । बिरगञ्जमा स्वयंसेवक हरुका लागी २० दिने तालिम शुरु गरेको हो ।
तालिम जेठ १४ गते देखी असार ५ गतेसम्म सञ्चालन हुने आयोजक समितिका प्रशिक्षक सुवोध कुमार यादवले जानकारी दिनु भयो । धर्म परिबर्तन रोक्न विभिन्न जिल्लामा जागरण अभियान चलाउदै आएको संघले पछिल्लो समय बिरगञ्ज केन्द्रित कार्यक्रम गरिरहेको छ । संघले शैनिक शैलिमा दिने तालिममा हिन्दु संस्कारका गतिविधीबारे अभ्यस्त गराउने गरेको छ ।