Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

झण्डैले सेक्स वर्कर बनिँनः गीता टण्डन

gitaमुम्बई । बलिउड चलचित्र उद्योगमा खतरनाक स्टन्टका लागि परिचित छिन् गीत टण्डन । ऐश्वर्या रायदेखि परिणीति चोपडासम्मका लागि स्टन्ट गरेकी गीता झण्डैले वेश्यालय पुगेकी थिइन् ।
काम खोज्ने शिलसिलामा केही पटक सेक्स वर्कर महिनाहरु विचमा पुगेकी गीता स्टन्टको काम जोखिम भएपनि रोमान्टिक भएको बताउछिन् । आजसम्म उनले के कस्ता परिस्थितीको सामना गर्न पर्‍यो उनको आफ्नै शब्दमा ।
ऐश्वर्या राय (जज्बा) करिना कपुर (उडता पञ्जाब, सिंघम रिटर्न्स) दीपिका पादुकोण (चेन्नइ एक्सप्रेश), परिणिती चोपडा (हंसी तो फंसी) जस्ता नायिकाको बडी-डबल बनेँ, खतराको खेलाडी जस्तो शोमा सहभागी भएँ ।
म एकदमै गरिव परिवारकी युवति हुँ । मुस्किलले आठ कक्षासम्म पढेकी छु । मलाई दुनियाको वारेमा अरु केहि थाह छैन । जतिवेला म नौ वर्षको थिँए, मेरी आमाको निधन भयो । मेरी एउटी दिदी र भाई थिए ।
हाम्रो घरमा खाने कुरा केहि पनि थिएन । कतिपय अवस्थामा हामी दुई तिन दिनसम्म पनि भोकै बस्थ्र्यौ । यस्तो अवस्थामा पढ्ने भन्ने कुरा सम्भवै थिएन ।
तर, म निकै खेल्थें । मेरा साथीहरु प्राय केटाहरु थिए । म प्राय केटाहरुसंग क्रिकेट खेल्थेँ र आफु भन्दा सिनियर केटाहरुलाई हराउथेँ ।
म १५ वर्षको भएपछि अचानक मेरो बुबाले मेरो विवाह गरिदिनु भयो । मैले सोचेँ राम्रै हुन्छ । पेटभरि खान पाइन्छ । परिवारको माया पनि पाईन्छ । तर, विवाहपछिको मेरो जीवन मैले सोचे जस्तो भएन ।
खासमा विवाह मेरा लागि सजाय बन्यो । प्रेमको साटो घृणा र तिरस्कार सहनु पर्‍यो मैले । घरका मान्छेले कुटपिट गर्न थाले । दुई पटक प्रहरीमा उजुरी गरेँ तर, प्रहरीमा गरको उजुरीले पनि काम गरेन ।
१७ वर्षको उमेरमा छोरी जन्मिई, त्यसको दुई वर्षपछि छोरा जन्मियो । बच्चा जन्मिदा समेत मैले परिवारको माया पाउन सकिन । अन्तिममा मैले छोरा छोरीलाई लिएर श्रीमानको घर छोड्ने निर्णय गरेँ ।
कहिले केही साथीको घरमा खाना खाएँ त कहिले गुरुद्धारामा लाईन बसेर पेट भरेँ । यहि विचमा मलाई एकजना छिमेकीले एउटा फल्याटमा बस्ने मौका दिईन् । म बस्ने तयारी गर्दै थिए । त्यहि दिदीले अर्को खबर सुनाईन् । ‘यो फल्याटको मालिक्नी बिमारी छन् यदि तिमी चाहन्छयौ भने मालिकसंगै बस तिमीलाई पनि राम्रै हुन्छ ‘
मैले तुरुन्तै फ्ल्याट छाडेँ । किनकी मलाई सय पचासमा कसैको ओछेयान तताउनु थिएन । तर, काम पाउन निकै गार्‍हो थियो ।
मैले कति पटक वच्चाहरुलाई पानीमा चिनी घोलेर यहि हो दुध भनेर खुवाएकी छु । एकपटक रोटी पकाउन काम गरेँ । दिनमा ५०० रोटी बनाउनु पथ्र्यो तर, तलब महिनाको १२०० मात्रै आउथ्यो । चित्त बुझेन र छाडेँ ।
नयाँ एरियामा गएर बसेँ । त्यहाँका केहि महिलाहरुसंग चिनजान भयो । उनीहरु चिटिक्क परेर हरेक दिन काममा जान्थे । एकदिन मैले सोधेँ के काम गर्छौ ? उनीहरुले भने ‘मसाज पार्लरमा काम गर्छौ, महिनामा १० हजार कमाई हुन्छ ।’
मैले पनि सासुको खुब मसाज गर्ने गरेको थिए । सोचे मालिस गर्ने काम राम्रै हुन्छ । पहिलो दिनै थाह पाएँ । ति महिला त मसाजको आडमा देह ब्यापार पो गर्दा रहेछन् । पछि कोठामा आएर निकै रुन मन लाग्यो । पछि आफ्नै बुबाको सहयोगमा विवाह कार्यक्रममा नाँच्ने काम खोजेँ । त्यसरि नाँचेर थोरै कमाएँ पनि ।
विवाहकै कार्यक्रममा नाँच्दा नाँच्दै एक महिलाको नम्बर पाएँ । जो स्टन्ट गर्दि रहिछन् । दुई महिनासम्म लगातार फोन गरेर काम मागीरहेँ ।
अन्तमा उनले एउटा च्यानलको एउटा शोमा किलामाथी कुद्नुपर्ने काम दिईन् । त्यसपछि मैले पछाडी फर्केर हेर्नु परेको छैन । भारतमा स्टन्ट गर्ने महिला सार्‍है थोरै छन् । यो काम खतरनाक हुँदाहुँदै पनि पैसा आउछ । त्यसकारण मैले गरेँ ।
एक पटक स्टन्टकै क्रममा अनुहार पुरै जल्यो । तीन महिनासम्म ढाडमा पटि्ट बाँधेर पनि काम गरेकी छु । मलाई कार-चेज सुट गर्दा खुब रमाईलो लाग्छ । मैले अहिलेसम्म कुनै टे्रनिङ लिएको छैन, मलाई लाग्छ भगवानले नै मलाई सक्षम बनाएर पठाएका छन् ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget