सुप्रिया राई
समाजमा वसे पछि जिम्मेवारी लिएर वस्नु पर्छ । सामाजिक हुन पर्छ ।यो जीवन फेरि फेरि आउदैन त्यसैले आफ्नो नाम र पहिचान छोड्नको लागी राम्रो काम गर्नु पर्छ सन्त बहादुर भन्नु हुन्छ ।धनुषा जिल्लामा जन्मनु भएका सन्त वहादुर डुम्जनले विराटनगरको रंगेलीमा ठेक्दारको सुपरभाइजर भएर एक वर्ष काम गर्नु भयो ।त्यस पछि विराटनगरकै ओके ट्रान्फरमा १० वर्ष काम गर्नु भयो ।त्यस पछि न्यू ओएस ट्रान्फर सर्भिस इटहरीमा संञ्चालन गर्नु भयो र अहिले सम्म निरन्तरता दिइरहनु भएको छ ।साथै ढुवानी व्यवसायी संघका केन्द्रीय अध्यक्ष समेत रहनु भएका सन्त बहादुर वन्द हटतालको कारण ब्यवसायमा निकै घाटा नोक्सानी वेहोर्नु परेको वताउनु हुन्छ ।
१५,१६वर्षको कलिलै उमेर देखी काम गर्नु परेको कारण पढाइलाई भने बिचैमा रोक्नु परेको तर आफ्नो पेसामा निरन्तरता दिएको कारण आफू सफल भएकोले निकै खुसी व्यक्त गर्नुहुन्छ । आफू कर्मचारीको रुपमा काम गर्दै लामो समय खर्चिएर आज अध्यक्षको पद सम्म आइपुगेको हुनाले आफूसंग भएको लामो अनुभवलाई सहि सदुपयोग गर्ने ढुवानी व्यवसायी संघ को ऐन नभएको कारण ढुवानी ऐन वनाउन राज्यलाई सजक गराउने ,जनचेतना मुलक कार्यक्रमहरु गर्ने,मर्यादित व्यवस्थित वनाउने यो क्षेत्रमा धेरै अनुभव बटुलीसकेको कारण संस्थालाई राम्ररी अगाडी वढाउदै लाने सन्त बताउनु हुन्छ । हाम्रो राज्यमा ढुवानी ऐन नभएको कारण काम गर्ने मापण्ड जिम्वेवारी पनि नभएको सन्त बताउनुहुन्छ । ढुवानी व्यवसायी संघ छाता संघठन भित्र १९ सय ५० भन्दा माथि नै कर्मचारी रहेको छ भने सन्त वहादुर आफैले ४जनालाई प्रत्यक्ष रोजगारी दिनु भएको छ ।
ढुवानी व्यासायी संघ बाहेक नागरिक समाज, इटहरीको राष्ट्रीय जाग्रिती क्लव,जातिय संस्था लगायत मा पनि आवद्ध रहनु भएका सन्तलाई नेपालको मुक्तिनाथ,जोमसोम, भेडेटार, नाम्जे,तिनजुरे लगायत का नेपालको पर्यटकिय ठाँउहरु घुम्न मन पराउनु हुन्छ । सन्त वाहादुर फुर्सदको समय परिवार र संस्थामानै समर्पित भएर विताउन चाहानु हुन्छ ।आफूले काम गर्दै आएको ढुवानी व्यवसयमानै समर्पित भएर जीवनभर संगाल्दै जाने चाहना राख्नुभएका सन्त वहादुर परिस्रममा विश्वास गर्नु हुन्छ । बाल्य अवस्था कमजोर तरिकाले बितेको ६दाजुभाई,२ दिदि बहिनी भएका सन्त वहादुर आफू मेहेनती भएकै कारण साथीभाईले आफ्नो प्रसंसा गर्दा आफूलाई धेरै खुसीलाग्ने सन्त बहादुर वताउनुहुन्छ ।