Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

सुकुम्बासीका पक्षधरलाई लागेको आरोप झुटो सावित



विराटनगर ३२ जेष्ठ । सुकुम्बासीहरुको अधिकारको माग गर्दै आन्दोलनमा उत्रिएका स्थानिय १९ जनालाई लगाएको मुद्धा झुटो सावित भएको छ । मोरङ जिल्ला अदालतका न्यायधिस फडिन्द प्रसाद लामिछानेको फैसलाले आईतवार उनिहरु निर्दोष सावित भएका हुन् ।

मोरङको पथरीशनिश्चरेका सुकुम्बासीहरुले आफनो नाममा सरकारले जग्गा उपलव्ध गराउनुपर्ने भन्दै आन्दोलन गर्दा ०७१ साल बैशाख २३ गते १९ जनालाई प्रहरीले पक्राउ गरि मुद्धा दायर गरेको थियो ।
स्थानिय समाजका अगुवा लोककिरण न्यौपाने, जहरमान लिम्बु,मोहन लिम्बु, कपीलमणी ढकाल,गोविन्द भण्डारी , देवि भेटवाल, वलवहादुर फ्याक लगायतका १९ जनालाई प्रहरीले २३ दिन सम्म थुनामा राखे पश्चात आगो लगाएको तथा ज्यान मार्ने प्रयास गरेको भन्दै मुद्धा दायर गरेको थियो ।

२०३६ साल देखि फडानी गरेर बसेका स्थानिय बासीहरुको जग्गा २०४२ सालमा अर्कैले पुर्जा निकाले पछि उनिहरु भुमिविहिन भएका हुन् । सोही समयमा उनिहरु त्यहाँ बसोवास गरेता पनि जग्गालाई प्रसासनको मिलेमतोमा किर्तै गरेर आफ्नो बनाउन सफल भएका अन्य ब्यक्तिले आफनो जग्गा भन्दै सवोच्चमा मुद्धा दर्ता गरेका  थिए । सर्वोच्चले २५ दिन अगाडी जग्गा खाली गराउन आदेश दिए पछि त्यहाँका बासीन्दा आतन्कीत बनेका छन् ।

ज्यान दिन तयार रहेको तर यो आफ्नो जग्गा छोडेर नजाने स्थानिय पथरीशनिश्चरेका देश बहादुर थेबेले बताए ।
स्थानिय दलका नेताहरुले पनि पिडीतहरुले न्याँय पाउनु पर्ने बताईरहेका छन् । नेपाली कांग्रेसका २ नंम्बर क्षेत्रका क्षेत्रिय सभापती गणेश खड्काले पिडीतहरुका पक्षमा न्यान नपाउन्जे संघर्ष गरिरहने उद्घोष गरे ।
एमालेको दोहोरो चरित्रका कारण स्थानियले समस्या भोग्नुपरेको एक पिडीतले  बताए ।
स्थानिय स्तरका नेताहरु भुमिहिनको पक्षमा रहेपनि माथिल्लो तहका एमाले नेताहरुले भमिहिनको पक्षमा काम नगरी किर्ते काम गर्नेहरुलाई सहयोग गरेको आरोप पिडीतहरुको छ ।
एमाले ४० प्रतीशत जग्गा किर्तै काम गर्नेहरुलाई दिनुपर्ने भन्दै भित्र भित्रै लभिङ सुरु गरेको स्थानियले आरोप लगाएका छन् ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget