मोरङ, २० जेष्ठ । मोरङको बिराटनगरस्थित धरान-बिराटनगर सडक खण्ड अन्तरगत मोरङको बिराटनगर ५ मा आज स्कुटर र मोटरसाइकल एक आपसमा ठोक्किंदा चार जना घाइते भएका छन्।
उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को. ११ प ६६२७ नम्बरको स्कुटी र सोही दिशाबाट आइरहेको को ११ प ५०७० नम्बरको मोटरसाइकल आज बिहान एक अर्कासंग ठोक्किएको थियो।
दुर्घटनामा स्कुटी चालक मोरङ टंकीसिनुवारी ४ बस्ने ३५ वर्षिया कल्पना पौडेल, उनका भाई वर्ष १८ को मुकेश पौडेल तथा मोटरसाइकलमा सवार मोरङ टंकिसिनुवारी ९ बस्ने अनन्त राजवंशी र सोही स्थान बस्ने मिना विश्वास घाइते भएका छन्।
घाइतेहरुको बिराट नर्सिङ होम तथा गोल्डेन अस्पताल बिराटनगरमा उपचार भइरहेको छ ।