Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

मजदुरी छाडेर भएपनी आफना छोराछोरीलाई खोप लगाउछन ग्रामिण महिला


कुमोद अधिकारी
मोरङ  २ असार । मोरङ, भातिगछ–६ की समिता रामवती दुुइवटा छोरालाइ जापनिज इन्सेफलाइटिस विरुद्धको जेइखोप लगाउन खोपकेन्द्र पुुग्नुभयो । जेइखोपको सुुइ भाइलाइ लगाएको देखेर उहाँका ५ वर्षका दाजु खोपकेन्द्रवाटै भागेर अगाडीको चउरमा पुुगे । एकवर्षको कान्छो छोरा काखमा  च्यापेर रामवतीले जेठो छोरालाइ जर्वदस्ति पक्रेर ल्याएर भएपनी खोप लगाउनुभयो ।
यसैगरी रंगेली १ की दुुखनी देवीको दिनभरी मजदुुरी नगरी विहान वेलुुकाको छाक टर्दैन । तरपनी खोप लगाउने दिन छोरीलाइ खोप लगाएर मात्र मजदुुरी गर्न जानुभयो ।
विपन्न समुदायका निरक्षर महिलाहरु वच्चा जन्मने वितिकै वच्चा लिएर  स्वाथ्यकेन्द्रमा खोप लागाउन पुुग्छन ।  अरु कुरा थाहा नभएपनी  छोराछोरी जन्मेपछी कुुनखोप कती दिनमा लगाउने भन्ने महिलाहरुलाइ कन्ठै छ  ।
जिल्ला जनस्वास्थ्य कार्यालयले पत्येक स्वाथ्य केन्द्र तथा वडा वडामा सहज रुपले खोपको व्यवस्था गरेपछी आफना छोराछोरीलाइ खोप लगाउनुु पदर्छ भन्ने चेतनाको विकास हुुदै गएको छ ।  
प्रायसवै ग्रामिण महिलाहरु वालवालिकाको खोपको वारेमा स्वास्थ्य केन्द्रमा जानकारी लिन आउने गरेको भातिगछ स्वाथ्य चौकीका सिनियर अहेव रोहित साहको भनाइ छ ।
स्वास्थ्य स्वंयम सेविकाले घरघरमा गएर सल्लाह र सुुझाव दिन थालेपछी विसिजी, डिपिटी, नेमोनियाका सुुइ पिसिजी, पोलियो इन्जेक्न तथा दादुुरा रुवेला खोपको वारेमा गाउका सवै महिलाहरुलाइ जानकारी रहेको अहेव साहले बताउनुुभयो ।
सो गाविसमा ९५ प्रतिशत खोपको प्रगती रहेको तथ्याङले देखाएको छ । जिल्ला जनस्वाथ्य कार्यालय मोरंङका अनुसार जिल्लामा ०७२–०७३ मा एकवर्ष मुनीका २४ हजार ८५ जना वालवालिकालाइ खोप लगाएको तथ्यांक छ  । तिनसय ३३ खोप केन्द्र रहेकोमा वालवालिकालाइ खोप लगाउन जनस्वास्थयले ७ सय ३० जना स्वयंमसेविका परिचालन गरेको छ ।
सोराभाग गाँउ विकास समितिको स्वाथ्यकेन्द्रका अहेव पुरणमल साहले सो गाँउमा वच्चाले खोप नलगाउने अर्को वच्चालाइ खोप लगाउन स्वास्थ्यकेन्द्रमा ल्याउने गरेको वताउनुभयो । रोग सर्छ भन्ने डरले खोप लगाउनै पर्दछ भन्ने कुराको गाँउगाँउमा विकास भएको उहाँको भनाइ छ ।
जनस्वाथ्य कार्यालयले विराटनगर उपमहानगरपालिका सहित ३३  वटा गाँउ विकास समितिलाइ पुर्ण खोप गाविस घोषणा गरिसको छ । शत प्रतिशत वालवालिकाहरुले खोप लगाएपछि सरकारले पुर्ण खोप घोषणा गर्ने प्रावधान छ ।
जनस्वास्थ्य कार्यालयका प्रमुख भानु याङदेनले गाँउगाँउमा खोप कार्यक्रमलाइ प्रभावकारी बनाउन स्यंमसेविकाहरु तथा स्वास्थयकर्मीहरुलाई प्रभावकारी रुपमा परिचालन गरिएको उहाँले बताउनुभयो ।
वच्चा जन्मने वितिकै स्वंयम सेविकाहरु घरमै पुगेर वच्चाको आमा र परिवारलाइ खोपको वारेमा जानकारी गराउने गरेको उहाँले जानकारी दिनुभयो । यसले गर्दापनी जिल्लामा खोपको प्रभावकारीता वढेको प्रमुखको भनाई छ ।
सवैको खोपको नाम महिलाहरुलाई जानकारी छ । २०३४ सालवाट खोप कार्यक्रम प्रारम्भ भएको हो । प्रारम्भ सालमा नेपालमा वालवालिकालाइ विफर उन्मुलनका लागि लगाइने खोप सहित ६ प्रकारका खोप हरु दिदै आएको थियो । त्यसपछी क्रमिक रुपमा थपिदै अहिले ११ प्रकारका खोप लागाइन्छ । अहिले मुुलुुकभरी  १६ हजार खोपकेन्द्र रहेका छन ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget