महोत्तरी जिल्लाको मटियानी गाविसमा वावा रामदेव गुप्ता र आमा कमला गुप्ताको कोखवाट जन्मनु भएका मिथेलस गुप्ता परिवारकै प्रेरणावाट चिकित्साशास्त्रमा अध्ययन गर्नु भयो र हाल इटहरी मा रहेको एपेक्स हस्पिटलमा हाडजोर्नी विसेसज्ञको रुपमा सेवादिइरहनु भएका डा. मिथलेस संग सुप्रिया राईले गरेको कुराकानी प्रस्तुत गरीएको छ ।
सुरुमा काम थाल्दा कस्तो अनुभव भयो ?
चार वर्ष सम्म त विरामीको छेउमा जाने छामछुम गर्ने के कस्तो अवस्था हेर्ने मात्र गरीन्छ वल्ल चार वर्षको लामो विरामी सगको घुलमिल पछि मात्र विरामीको चेक जाचको काम थाल्ने भएकोले गर्दा त्यस्तो असजिलो अनुभव नै भएको थाहा हुदैन ।
विरामीलाई उपचार गर्दा झर्को लाग्दैन ?
हामीले विरामी लाई अज्ञानी प्राणीका रुपमा हेर्ने गर्छौ,हामी विरामी हेर्नकै लागी चिकित्सा क्षेत्रमा काम गरेका हौ भन्ने सोच हामीमा हुन्छ त्यसैले खासै झर्को लाग्दैन,कतिपय समयमा त मैले विरामीको कपाल कोरी दिने,दात व्रस गरीदिने सम्मनी गरेको छु । उनीहरुको हेरविचारनै हाम्रो सेवा हो ।
लामो समय सम्म उपचार गरेको विरामी डिस्चार्ज गर्दा कस्तो अनुभव हुन्छ ?
विरामी ठिक भएर जाने वेलामा आर्सिवादको रुपमा ५,१० रुपैया हातमा राखीदिनु हुन्छ कतिले गिफ्ट लीएर भेट्न आउनु हुन्छ त्यतिवेला लाग्छ हो हामीले यही पाउनको लागी चिकित्सा पेसा गरेको हो भनेर खुसी लाग्छ ।
कस्तो अवस्थामा आफ्नो पेसा प्रति दुःख लाग्छ ?
कुनै रोग यस्तो हुन्छ पुर्ण रुपमा यो रोग निको हुदैन भनेर हामीलाई थाहा हुन्छ र पनि उपचार गरीरहेका हुन्छौ, विरामीहरु रोग छिपीसकेर आउनु हुन्छ र विरामीले सोच्नु हुन्छकी डाक्टर काँहा आए पछि रोग निको भइजान्छ ।त्यस्तो अवस्थामा दुःख लाग्छ ।
अन्य पेसा नरोजेर किन चिकित्सा पेसानै रोज्नु भयो ?
सानो छदा मैले यहि पेसा गर्छु भनेर सोच राखेको थिइन ठुलो हुदै जादा वावा आमाले डाक्टर वन्न प्रेरणा दिनु भयो त्यसैले चिकित्सा पेसामा लागीयो ।
दैनिक कति विरामीलाई उपचार गर्नु हुन्छ ?
दैनिक २० देखी २५ सम्म विरामीको उपचार गर्ने गरीएको छ ।
डाक्टरहरु किन वढि सहरी क्षेत्रमा वस्न रुचाउछन् ?
विकट ठाँउमा डक्टर पठाएर पनि एक्सरे मेसीन ,विहोस गर्ने डक्टर लगायत विभिन्न उपकरणहरु हुदैन त्यसैले एउट अहेव सरह भएर वस्नु पर्ने वाध्यता हुन्छ,अनि पनि डाक्टरहरु जान नमानेको हुनु पर्छ ।
कस्तो कस्तो अवस्थामा काँहा काँहा रोग लाग्छ ?
बच्चामा भिटामिन डिको कमिले लडेर चोटपटक लागेर युवा भए पछि वडि रोड एक्सीडेण्ट हुने उमेर छिपीदैगए पछि हाडजोर्नी सम्वन्धि,र महिलाहरुमा महिनावारी वन्द हुने वेलामा क्याल्सीयम को कमीहुन्छ र जीउमा दुखाइ हुन्छ पुरुसमा घुडा दुख्ने घाटि को पछाडी दुख्ने लगायतको समस्याहरु हुन्छ ।
हाडजोर्नी सम्वन्धि रोगहरु के के हुन् ?
वाथ रोग,सुगरको कारण जोर्नीहरु सुनिने हड्डि खिएर विभिन्न कारणले यो रोग हुन्छ ।
कति वर्ष समुदायका मानिसमा हाडजोर्नी सम्वन्धि रोग लाग्छ ?
विषेसगरी इटहरी,धरान को वाषीन्दाहरुमा ४५ वर्ष माथीको मानीसहरुमा हाडजोर्नीको को समस्या देखीएको छ ।
हाडजोर्नी तन्दुरुस्त राखी राख्न कस्तो सावधानी अपनाउनु पर्छ ?
हाडजोर्नी उमेर छिपिदै जादा जसरी आँखाको रोस्नी कमहुदै जानु छाला चाउरी पर्नु जस्तै हो हाडजोर्नी पनी उमेर वढे संगै यो पनि उमेर संगै लाग्ने रोग हो यसलाई कमगर्न नियमित रुपमा व्यायम गर्ने दुध,दहि, माछा,मासु,गेडागुडि खानाले हदै सम्म कमगर्न सकिन्छ,लामो समय सम्म वाइक चलाउने,कम्प्युटर मा काम गर्ने,लाई वढि लाग्छ