Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

एक करोड साठी लाखमा नगरभवन बन्ने,जनता हर्षित


प्रशान्त निरौला
विराटनगर ,२२ जेष्ठ  । लेटाङ भोगटेनी नगरपालीको भवन एक करोड साठी लाख रुपैयामा बन्ने भएपछि स्थानिय बासी हर्षीत भएका छन् । अत्याधुनिक भवनको रुपमा रहेने उक्त भवनको पहिलो चरणको काम शुक्रवार संसद डिगवहादुर लिम्बुले सिलन्यास गरेपश्चात सुरु भएको छ ।


 शुक्रवार स्थानिय बासिको बाक्लो उपस्थितीका विच भवनको शिलन्यास भएको हो ।
शिलन्यास कार्यक्रममा बोल्दै लिम्बुले  आफ्नो ब्यक्तिगत रुपमा कुनै स्वार्थ नभएकोले समाज विकासमा सधै लागिरहने बताउनु भयो । विकास एक जना बाट मात्र सम्भव नहुने भन्दै नेता लिम्बुले सवैले एक जुट भएर विकासको कामलाई अगाडी बढाउनुपर्ने बताउनुभयो ।
सरकारको निती अब नेपालका गाँउलाई नगरपालिका र गाँउपालिकाको स्वरुप दिने भएकोले सबैको ध्यान अव त्यसतर्फ जानुपर्नेमा जोड दिनुभयो लेटाङभोगटेनी नगरपालिका संगै वरिपरिका गाँउहरु मिलाएर उपमहानगरपालिका समेत बनाउने गरि विकासका काम गर्न आफु तत्पर रहेको र सोही बमोजिम सबैलाई सो काममा जुट्न आग्रह पनि गर्नु भयो ।
समाज विकास गर्नका लागि अवसरलाई चिनेर काम गर्न र विकासका काममा जनताको प्रतिनीधिको हैसियतले झक्झक्याई रहन आग्रह गर्नु भयो 

त्यस्तै शुक्रवारनै मोरङ क्षेत्र नं ९ मा ६ थान निक कम्पनीका ट्रान्सफर्मर वितरण गरिएको छ ।  सांसद क्षेत्र विकास कोषको रकम बाट ल्याईएको उक्त ट्रान्सफर्मर संसद लिम्बुले एक कार्यक्रमका विच जाँतेमा एक , मधुमल्लामा एक, उर्लावारीमा एक, लेटाङमा २, सिंहदेवीमा एक थान वितरण गर्नुभयो ।


Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget