सुनसरी, जेष्ठ १९ गते।
इलाका प्रहरी कार्यालय इटहरीले स्थानीय दुई स्कुलमा मंगलबार सचेतना कार्यक्रम गरेको छ।
ईटहरीस्थित मोर्डन प्रिपेरडरी सेकेंडरी स्कुल र तरहरास्थित सयपत्री शिशु सदन ईग्लिस वोर्डिङमा अध्ययन गर्ने दुई सय एकजना बिधार्थीहरुलाई प्रहरीले लागुऔषध, घरेलु हिंसा, मानव वेचविखन, ट्राफिक नियमको पालना तथा शान्ति सुरक्षामा विधार्थीहरुको भूमिका बारेमा सचेतनामुलक कक्षा संचालन गरेको हो।
इलाका प्रहरी कार्यालय ईटहरीका प्रमुख प्रहरी नायव उपरीक्षक ओम प्रसाद अधिकारी, प्रहरी निरीक्षक राजन कार्की र क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रहरीले सहजीकरण गर्नु भएको सो कार्यक्रम पश्चात विध्यार्थीहरुलाई प्रहरी चौकी तरहराको स्थलगत भ्रमण समेत गराई प्रहरीबाट दैनिक गरिने कामकारवाही, सेवा प्रवाहका क्षेत्रहरु तथा प्रहरीका गतिविधि बारेमा अवगत गराइएको थियो|
नागरिक-प्रहरी हातेमालो कार्यक्रम अन्तरगत समाजमा हुने विभिन्न खालका अपराध तथा गैह्र कानूनी क्रियाकलापहरुलाई निरुत्साहित गरी अपराध रहित समाजको निर्माण गर्ने उद्धेश्यले उक्त सचेतना कार्यक्रमको आयोजना गरिएको प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिनु भयो।