Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

लोडसेडिङले जनातालाई सास्ती


मोरङ,२८ जेठ। भारतको कटौयाबाट पूर्व क्षेत्रका लागी आपूर्ति हुने विधुतमा प्राविधिक  समस्या उत्पन्न भएपछि  पूर्व क्षेत्रमा लोडसेडिङ दिनभरि जसो हुन थालेको छ ।
प्रचण्ड गर्मीसँगै लामो समय सम्म विधुत लाईन विच्छेद हुँदा  सर्वसाधारणको जनजिवन कस्टकर  बनिरहेको छ ।  ३८ डिग्री सेल्सियसकोे गमी खेपेर भएपनि सर्वसाधारण मौन बस्नु वाहेक केही उपाय खोजेका छैनन ।  तरनेपाल विधुत प्राधिकरण भने यो दोषबाट मुक्त हुन चहान्छ र  विधुत अवरोध भारतबाटै भैरहेको जनाउ दिदै आएको छ । नेपाल विधुत प्राधिकरण  विराटनगर शाखाका प्रमुख शम्भू कुसियतले भारत स्थित कटौयाबाटै विधुत अवरोध भैरहेको बताउनु भयो । टान्सफरमर राख्ने यार्डमा आगलागी भएपछि भारतले विधुत कटौती गरेको उहाँले जानकारी दिनुभयो । एक साता देखी विधुत प्राधिकरणले तालीका अनुसार लोडसेडिग गरेको छैन । दैनिक २ घन्टा मात्र ग्राहस्थको घरमा विधुत आपूर्ति भैरहेको छ । प्राय रातमा विधुत अवरोध हुने गर्दा सर्वसाधारणलाई प्रचण्ड गर्मीमा सुत्न समेत समस्या भैरहेको छ । प्राधिकरण प्रमुख कुसियतले जलेको यार्ड भारतपक्षले मर्मत सुरु गरिसकेकोले केही दिनपछि समस्या समाधान हुने ठोकुवा गर्नुभयो । यो गर्मीमा विधुत अवरोध हुँदा हामी पनि चिन्तित छौ उहाँले भन्नुभयो भारतीयपक्षलाई सकभर चाडो मर्मत गर्न आग्रह गरिसकेका छौ ।
नेपाल विधुत प्राधिकरण दुहवी ग्रिडका प्रमुख मो अफताव आलमले  यार्ड जलेको स्थान  पुगि विधुत अवरोध हुनुका कारण बारे जानकारी लिनुभएको छ । प्राधिकरणले मर्मत कार्य पुरा हुन अझै एक साता लाग्ने र त्यो विचमा विधुत अवरोध भैरहने जनाउ दिएको छ ।  तर ग्रिड प्रमुखले मौखिक र लिखित रुपमै मर्मत कार्य चाडै सम्पन्न गर्न आग्रह गरेको प्राधिकरणले जनाएको छ ।
विधुत लाईन पटक पटक अवरोध हुन थालेपछि हिजो प्राधिकरणमा ११ वटा टोल संगठनका प्रतिनिधिहरु डेलिगेसन गएका थिए । उनीहरुले विधुत आपूर्तिलाई सूचारु नगरे जस्तो सुकै आन्दोलन गर्ने प्राधिकरणका अधिकारीहरुलाई चेतावनी दिए । गए राती विधुत विच्छेद हुँदा हजारौ नगरबासी रातभरी गर्मीले सुत्न पाएनन । विराटनगर ६ का राम थापाले विधुत लाईन नभएकै कारण गर्मीमा रातभर जागराम बसेको दुखेसो पोख्नुभयो । नगरबासीहरु सचेत नभएरै होला थापाले भन्नुभयो , प्राधिरकणलाई महिनै पिच्छै विधुत महशुल नतिर्दा जरिवाना पनि ठोक्ने  यो मानविय संवेदनसिलता माथी जोडिएको चरम  हेलचर्काइको विरुद्धमा सडकमा किन नउर्तिने ।
भारतको वरौनीको विधुतमा मात्र निर्भर रहनु परेकोले पनि पूर्व क्षेत्रका सर्वसाधारणहरुले गर्मीमा यो सास्ती व्यहोरिनु परिरहेको छ । केन्द्रीय प्रशारण लाईनबाट विधुत आपूर्ति नहुँदा भारतले नेपाली उपभोक्ताहरुलाई समय समयमा दुख दिने गरेको नगरबासीहरुको चित दुखाई छ । कटौयाबाट हाल पूर्व क्षेत्रका लागी १६० मेगावाट मात्र विधुत आपूर्ति भैरहेको छ । सोही विधुतले पूर्वका उधोग , कलकारखाना र सर्वसाधारणलाई तालीका मिलाएर प्राधिकरणले वितरण गरिरहेको छ । कहिले काही कटैयाको
विद्युत अपूग हुन गएपछि लोडसेडिङको तालीका भन्दा बाहिर गएर प्राधिकरणले फ्रोस लोडसेडिङ गर्न थालेको छ । सप्लाई कम र माग बढी भएपछि प्राधिकरणले फ्रोर्स लोडसेडिङ यसै साता देखी गर्न थालेको हो । हाल पूर्व क्षेत्रमा दैनिक १२ घन्टा लोडसेडिङ हुँदै आएको छ । प्राधिकरणले १२ घन्टे लोडसेडिङको तालीका सार्वजनिक गरेपनि पावर कम भएको समयमा पनि फ्रोस लोडसेडिङ गरिरहेको छ ।


Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget