शर्मिला श्रेष्ठ
झरी तिमी नसताउन न हो मलाई यसरी
गल्ति के नै थियो र मेरो बर्षियौ बेसरी।
मेरा खेतबारी कान्ला डुबे खाउला नै कसरी
तिमी गर्जियौ बर्षियौ अनि खोला नदि पनि तेसरी।
भन्छौ-विश्र्वकै वातावरण बिग्रियो कसरी
धुलो धुवा उडाउछौ किन त बेसरी।
हिमाल तताउने काम गर्छौ तिमी जसरी
म रुक्नै सक्दिन, धकल्छ वादल हुरीले बेसरी।
बृक्षारोपण गर्दैनौ , नाङ्गा पहाड झर्छन् जसरी
पृथ्वीका मानव भन अब सुखी हुन्छौ कसरी।
कहिले अलाप्छौ, ओहो सुक्खा भयो धर्ती कसरी
तिम्रै अज्ञानता र लापर्वाहि ले आउन बाध्य यसरी।
आउन बाध्य यसरी।।।।।।।।