सुनसरी, असार १ गते।
ईलाका प्रहरी कार्यालय धरानले ६ महिनाअघि धरान २१ स्थित पानीपधेरे भीरमा मृत फेला परेका सिक बहादुर राईको हत्यामा संलग्न एक जनालाई पक्राउ गरी अनुसन्धान शुरु गरेको छ।
राईको हत्यामा संलग्न सुनसरी धरान उपमहानगरपालिका २१ बस्ने धन बहादुर राईलाई प्रहरीले पक्राउ गरी सुनसरी जिल्ला अदालतबाट म्याद थप गरेको हो। प्रहरी अनुसन्धानबाट पक्राउ परेका धन बहादुरले मिति २०७२ साल पौष १७ गतेका मृतक सिकबहादुर राईलाई धरान बजारबाट घरतर्फ आउदै गर्दा पुरानो रिसिइवी साँध्न बाटो ढुकेर टाउकोमा ढुङाले हिर्काई भीरबाट खसाली हत्या गरेको खुल्न आएकोले उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।
सिक बहादुरको शव घटनाको पाँच दिन पछि सडि गलेको अवस्थामा भीरदेखि तल भेटिएको थियो।