काठमाडौं, ३१ जेठ । संघीय जनमुक्ति पार्टीका अध्यक्ष पर्शुराम तामाङले आफ्नो पार्टीलाई नयाँ शक्ति नेपालमा विलय गराएपछि संघीय गठबन्धनको प्रवक्ता पद खुस्किएको छ । बाबुराम भट्टराईको पार्टीमा विलय भएपछि अब पर्शुराम तामाङ संघीय गठबन्धनमा जाने छैनन् । उनले गठबन्धनको आन्दोलनलाई नैतिक समर्थन मात्रै गर्ने छन् ।
किन भने बाबुराम भट्टराईको नयाँ शक्ति नेपाल उपेन्द्र यादव नेतृत्वको गठबन्धनसँग संयुक्त रुपमा आनदोलन गर्ने छैनन् । संघीय गठबन्धनको आन्दोलनलाई व्यवस्थिति बनाउन तामाङलाई प्रवक्ताको जिम्मेवारी दिइएको थियो । अहिले गठबन्धनका विषयमा तामाङसँग सोध्दा आफूलाई कुनै विषय जानकारी नरहेको बताउने गरेका छन् । तामाङले गठबन्धन छाडेपछि अब कसलाई प्रवक्ता दिइने हो त्यस विषयमा केही बताइएको छैन । संघीय गठबन्धनमा यसअघि साना तीन वटा दल बाहिरी सकेका छन् । संघीय जनमुक्ति पार्टी पनि नयाँ शक्तिमा विलय भएपछि गठन्धन झन् सानो बनेको छ ।