विराटनगर २० जेठ । टंकिसिनवारीको पहिचान हाम्रो अभियान भन्ने नाराका साथी मोरंङको टंकिसिनवारीमा दोश्रो टंकिसिनवारी गोल्डकप २०७३ हुने भएको छ ।
टंकिसिनवारी गाउ विकास समितिको खेलमैदानमा जेठ २२ गतेदेखी जेठ २९ गतेसम्म प्रतियोगिताको आयोजना हुन लागेको हो ।
आयोजक वासवारी युवा केन्द्रले विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी गराएको हो । प्रतियोगितमा पुर्वाञ्चलका ८ वटा टिमको सहभागिता रहने छ ।
प्रथम हुने टिमलाइ ५१ हजार नगद शिल्ड तथा प्रमाण पत्र र दोश्रो हुने टिमलाइ ३१ हजार रुपैया नगद पुरस्कार तथा शिल्ड प्रदान गरिने जनाइएको छ । प्रतियोगित संचालनगर्न ६ लाख रुपैया खर्च लाग्ने आयोजक मुल समितिका अध्यक्ष सुवोध कोइरालाले बताउनुभयो ।