Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

बिराटनगरमा बसले ठक्कर दिंदा मोटरसाइकलमा सवार दम्पत्तीको मृत्यु



मोरङ, असार १४ गते ।
मोरङको बिराटनगर-५ खार्जी चौकमा ईटहरीबाट बिराटनगरतर्फ आउदै गरेको बसले मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार दम्पत्तीको मृत्यु भएको छ।
को १ ख ४३२६ नम्बरको बसले विपरित दिशाबाट जादै गरेको को २५ प ३९३९ नम्बरको मोटरसाइकललाई दिउँसो १२ बजे उक्त स्थानमा ठक्कर दिएको हो।
बसको ठक्करबाट घाइते मोरङ तेतरिया-३ बस्ने मोटरसाइकल चालक तुलाराम थारु र उनकी पत्नी सीता कुमारी चौधरीको उपाचारकाक्ररममा मृत्यु भएको छ।
गम्भीर घाइते दुबैलाई उपचारकालागी नोबेल अस्पताल बिराटनगर लगिएको थियो। तुलारामको अपरान्ह १;३० बजे मृत्यु भएको थियो भने पत्त्नी सीताको २;३० बजे मृत्यु भएको हो।
ठक्कर दिने बसका चालक जिल्ला प्रहरी कार्यालय मोरङको नियन्त्रणमा रहेको छ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget