Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

लागुऔषधसहित तीन पक्राउ


सुनसरी, २० जेष्ठ । प्रहरीले सुनसरी धरान नगरपालिका २२ स्थित एक घरबाट लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।


पक्राउ पर्नेहरुमा सुनसरी धरान नगरपालिका २२ बस्ने २८ वर्षिय सारद तामाङ, धरान १५ बस्ने २४ वर्षिय सागर राई र सोही ठाउँ बस्ने ३३ वर्षिय होम बहादुर बिश्वकर्मा रहेका छन्।

गोप्य सुचनाका आधारमा तामाङको घरबाट लागुऔषध डाईजेलाव ५० एम्पुल, लुपिजैसिक ५० एम्पुल र एभिल ५० एम्पुलसहित बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

तामाङ्ग एक महिना अघि मात्र लागुऔषध मुद्दामा मोरङ्ग कारागारबाट दुई वर्ष कैद सजाँय भुक्तान गरी छुटेका हुन्।
पक्राउ परेका तीनै जनालाई  सुनसरी जिल्ला अदालतबाट बिहिबार म्याद थप गरी अनुसन्धान शुरु गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget