प्रकाश पाक्साँवा
तेह्रथुम, २२ जेठ, तेह्रथुमका एक युवाले प्रवासमा पसिना बगाएर कमाएको सम्पत्ती समाज सेवासगैँ गीत, सङ्गीतमा लगानी गर्दै आएका छन् ।
तेह्रथुम जिल्लाको ओयाक्जुङ–५ मा बुबा पुण्य प्रसाद बाँस्कोटा र आमा बालकुमारी बाँस्कोटाको कोखबाट २०४३ सालमा जन्मिएका बाँस्कोटाले प्रवासमा बगाएको पसिनाको कमाई समाज सेवासगैँ गीत, सङ्गीतमा लगानी गर्दै आएका छन् । सामान्य परिवारमा हुर्किएका बाँस्कोटा रोजगारीको सिलसिलामा केही वर्षदेखि ईजरायलमा छन् । बाँस्कोटा सानै उमेरदेखि समाजमा केही गर्ने सपना पालेको बताउँछन् । पाथिभरा मिडिया ग्रुफको उपाध्यक्षको जिम्मेवारी सम्हाली रहेका छन् । बाँस्कोटाले विभिन्न व्यक्ति तथा संस्थामा आबद्ध रही समाज सेवामा क्रियाशिल छन् ।
यसैगरी बाँस्कोटाले समाजमा भएका यथार्थ कुरालार्इ शब्दमा चित्रण गरेर अहिलेसम्म ४ वटा एकल एल्बम बजारमा ल्याइसकेका छन् । बाँस्कोटाले ुम छु एक्लै रुनीु, एल्बमबाट सुरु गरेको लेखन यात्रा अहिले ुकाडेतारको जालीु, ुतेह्रथुम सिंहबाहिनीु र ुपिपल छेउमा बरु जस्ता एल्बमबाट जारी छ ।