विराटनगर ३२ जेष्ठ । विश्व रक्तदाता दिवसको उपलक्ष्यमा सेन्ट जोसेफ उच्च मावि विराटनगरले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
विराटनगर २ स्थित विद्यालयको भवनमा आज आयोजित रक्तदान कार्यक्रममा २८ रक्तदाताहरुले रक्तदान गरेका थिए ।
युथ फर ब्लड मोरगंको सहकार्यमा आयोजित कार्यक्रममा रक्तदान र त्यसको महत्वका विषयमा अन्तरक्रिया समेत गरेका थिए ।
रक्तदान कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी तथा अभिभावकहरुको सहभागीता रहेको अतिरिक्त क्रियाकलाप संयोजक तथा शिक्षक अफ्ताब आलमले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयले यस्ता मानविय कार्यलाइ आगामी दिनहरुमा पनि निरन्तरता दिईने छ ।
विद्यालयमा शिक्षक, अभिभावक तथा कर्मचारीका साथै विद्यार्थीहरुले देखाएको उत्साह प्रशंसायोग्य भएको युथ फर ब्लडकी स्वयमसेवीका अनिमा बिमलीले कार्यक्रममा बताउनुभयो ।