तेह्रथुम, असार ५ गते।
तेह्रथुमको खाम्लालुङ- ३ बाट प्रहरीले आज भरुवा बन्दुकसहित खाम्लालुङ ३ निवासी पदम चोङवाङलाई पक्राउ गरेको छ।
जंगली जनावरको चोरी शिकारीमा संलग्न चोङ्वाङलाई इलाका प्रहरी कार्यालय आठराईबाट खटिएको प्रहरीको टोलीले गोप्य सुचनाका आधारमा एक नाल लोड गरिएको भरुवा बन्दुकसहित पक्राउ गरेको हो।
पक्राउ परेका चोङवाङलाई इलाका प्रहरी कार्यालय आठराईबाट आवश्यक अनुसन्धान भईरहेको छ।