प्रधानमन्त्री आज पूर्व आउँने
विराटनगर २७ जेष्ठ । प्रधानमन्त्री केपी शर्मा ओली विहीबार पूर्वाञ्चल आउँदै हुनुहुन्छ।
अपरान्ह काठमाण्डौँबाट मोरङ हुदै झापा जाने कार्यक्रम तय भएको छ । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार शुक्रबार झापा र शनिवार मोरङको कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी हुनुहुने छ ।
विराटनगर उद्योगी मोती दुगडले आयोजना गर्ने कार्यक्रममा पनि सहभागी हुने बताइएको छ ।
दमकमा आयोजना हुने एमालेको नगर अधिवेशन उदघाटन गर्ने देखि अन्य भेटघाटमा समेत व्यस्त हुने बताईएको छ ।