Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

नेपालको कुखुरा पालनमा आत्मनिर्भर बन्न सफल भएको तथ्याङ्क सार्वजनिक

सुप्रिया राई
इटहरी असार ९ ÷ तथ्याङक विभागका निर्देश बद्रीबहादुर कार्कीले नेपालको कुखुरा पालनमा आत्मनिर्भर बन्न सफल भएको वुधवार इटहरीमा तथ्याङ्क सार्वजनिक गर्नुहुँदत्यसलाई अझै निर्यात योग्य बनाउनका लागि ब्यवस्थापनमा जोड दिनु पर्न आवश्यकता औल्याउनु भएको छ ।नेपाल अधिराज्यको ६४ जिल्लामा ५ख सयदेखि माथि कुखुरा पालन गर्दै  आएका ब्यवसायीहरुलाई पशु पालक किसानका रुपमा हेरिएको  र त्यस्ता किसानहरुको सङ्ख्या अरु धेरै भए पनि ती जिल्लामा दर्ता भएका कुखुरा पालक किसानको सङ्ख्या भने २१ ह्जार ९ सय ५६ वटा रहेको पनि निर्देशक कार्कीले सार्वजनिक गर्नुभएको तथ्याङ्कमा उल्लेख छ । कुखुरा पालनको बर्तमान बस्तुस्थितिका तथ्याङ्क विश्लेषण गर्दा चितवन पहिलो स्थनमा आउँछ भने दाङ काभ्रेपलाञ्चोक अनि सुनसरीको स्थिति पनि कुखुरा पालनको दृष्टिकोणले उत्तम जिल्लाका रुपमा तथ्याङ्कले प्रष्ट्याएको पनि निर्देशक कार्कीले जानकारी गराउनु भएको छ ।नेपालमा बास्तविक कुखुराको उत्पादन लागत कति हो र त्यो कति स्वस्थकर छ भन्ने विषयमा तथ्याङ्क विभागले तथ्याङ्क नलिएको र भविष्यमा त्यसलाई पनि अध्ययन गरिने विश्वास समेत निर्देशक कार्कीलै विश्वास ब्यक्त गर्नुभएको छ ।अहिले नेपालमा कुखुर पालन पेशामा २५ हजार ७ सय ४२ जना पुरुष र २२ हजार ६ सय १५ जना महिलाले खुखुरा पालन पेशा ब्यवसायमा प्रत्यक्ष रोजगारी पाएको छन । यो पेशा ब्यवसायीहरुले कुखुरा अण्डा र चल्ला विक्रीबाट सुनसरीका किसानलेमात्र ४७ करोड २३ लाख ६९ हजार रुपियाँ आम्दानी गर्दै आएको देखिन्छ । नेपालको ६४ जिल्लाका किसानहरुले भने ३३ अर्ब ७२ करोड ४१ लख २३ हजार आर्थिक कारोवार गर्दै आएको पनि तथ्याङ्कले् देखाएको पनि निर्देशक कार्कीले अवस्थाको विश्लेषण गर्दै देश आत्मनिर्भरता तर्फ अघि लम्केको बताउनु भएको छ । प्रदेश नम्वर १ को केन्द्रका रुपमा रहेको इटहरीमा कुखुरा पालनको अवस्थाको तथ्याङ्क सार्वजनिक समारोहमा मोरङ्ग तथ्याङ्क कार्यालयका प्रमुख  अशोक भट्टराई सुनसरी प्रमुख टीकाप्रसाद नेपाल कुखुरा ब्यवसायी ज्ञानेन्द्र बस्नेत पशु चिकित्यसक कमल गिरी लगायतले बोल्नु भएको थियो 

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget