Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

मुढा बुन्न सिक्दै मोरङका महिलाहरु


मधुमल्ला ,२८ जेठ । घरमा जुठो चुल्होमा नै दिन बिताउँदै आउनु भएकी मोरङको मधुमल्ला कान्छीचौकमा वडान ९ की टीका भुजेल मुढा बुन्ने काम सिक्नु भयो ।
४० वर्षीय टीकाले थप्नुभयो–श्रीमान र शसुराले नै उत्प्रेरित गरेपछि मुढा बन्ने तालिममा आएकी हुँ । १० दिनमा नै मुढा बन्न जान्ने भएको उहाँले बताउनु भयो । उहाँले भन्नु भयो,‘ सीप सिकेपछि कोही भोकै बस्नु नपर्ने भएकाले मुढा बुन्न सिकेको हुँ,‘।
उहाँ मात्र होईन १९ वर्षीय शोभा तामाङ पढ्न नसककाले मुढा बुनेर नै जीवन निर्वाहको सपना देखि रहनु भएको छ । उहाँ भन्नुहुन्छ–७ कक्षा भन्दा पढ्न सकिन,पढेर जागिर पाउँने भन्दा हातमा सीप भए बेरोजगार बन्नु नपर्ला भनेर तालिम लिन सुरु गरेकी हुँ । टीका र शोभा मात्र होइन, तालिममा सहभागि सबै महिला भविष्यको सहाराका रुपमा मुढा बुन्ने तालिम लिनु भएको छ ।
महिला सशक्तीकरण कार्यक्रम अन्तरगत सञ्चालित मुढा बन्ने तालिममा अन्तरगत मधुमल्ला गाविसले ४० हजार रुपैयाँ सहयोग गरेपछि गाउँ कै निर्मला चौहानलाई गुरु थापेर उनीहरू मुढा बन्न सिकिरहेका हुन । गत जेठ १५ गते सुरु भएको तालिममा दैनिक ४६ जना नै तन मन लगाएर सीप सिकिरहेको निर्मलाले बताउनु भयो । कामकाजी महिलालाई सीप सिकाएर आर्थिक रुपमा समृद्ध बनाउने उदेश्यले मधुमल्ला गाविसले मुढा बुन्ने तालिमको आयोजना गरेको हो ।
कार्यक्रम संयोजक कोपिला बास्तोलाका अनुसार तालिममा वडाका ४६ जना महिलाको सहभागिता रहेको छ । स्कुल जाँदै गरेका किशोरीहरू मात्र होइन ५० नाघेका आमाहरूले पनि सीप सिकेर समृद्ध बन्ने सपना देखिरहनु भएको छ । उहाँका अनुसार जेठ ३० मा तालिम सकिएपछि सहभागी महिलालाई प्रत्येक पाँच वटा मुढा मध्ये एउटा मुढाको आय अनिवार्य बचत गराउने कार्यक्रम रहेको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget