Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु


सिरहा,२२  जेष्ठ । सिरहा नगरपालिका १६ स्थित मार्डर-सिरहा सडक खण्डमा गएराती मोटरसाइकलले ठक्कर दिएर एक पैदलयात्रीको मृत्यु भएको छ।
मृत्यु हुनेमा सिरहा नगरपालिका ३ बस्ने ६५ वर्षिय शिवनारायण साह रहेको इलाका प्रहरी कार्यालय मार्डरले जनाएको छ।
साहलाई शुक्रबार राती ८ बजेतिर ना ३८ प ६०५४ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते उनको जिल्ला अस्पताल सिरहामा पौने नौ बजेतिर मृत्यु भएको हो।
दुर्घटनामा मोटरसाइकलका चालक सिरहा नगरपालिका २ बस्ने ३० वर्षिय सुरेन्द्र साहसमेत घाइते भएकाले उपचारकालागी न्युरो अस्पताल बिराटनगर ल्याइएको छ। मोटरसाइकल इलाका प्रहरी कार्यालय मार्डरको नियन्त्रणमा रहेको छ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget