उदयपुर, जेष्ठ ३२ गते।
उदयपुरको त्रियुगा नगरपालिका २ बरुवाधारमा आज बिहान करेन्ट लागेर गाईघाट-दिक्तेल सडक खण्ड निर्माणमा खटिएका एक जनाको मृत्यु भएको छ।
उक्त सडक खण्ड निर्माणमा खटिएका कामदार सिन्धुली कमलामाई नगरपालिका २ का ३५ बर्षिय भिम तामाङको आज बिहान करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
कामदारहरुकालागी बनाइएको अस्थायी टहरामा बिधुत आपुर्ती गरिएको बिजुलीको नाङ्गो तार पोखरीमा खस्दा पानी लिन गएका तामाङलाई करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते तामाङको जिल्ला अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको हो।