Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

सप्तरीको तीन स्थानमा सवारी दुर्घटाना १३ जना घाइते

सप्तरी, असार २ गते।
सप्तरीको छुट्टा छुटै तीन स्थानमा बुधबार भएको सवारी दुर्घटनामा १३ जना घाइते भएका छन्।
सप्तरीको बभनगामाकट्टी २ स्थित राजबिराज-हनुमाननगर सडक खण्डमा हनुमाननगरबाट राजबिराज तर्फ आउदै गरेको स १ ज ३८४ नम्बरको म्याजिक भ्यान अनियन्त्रीत भई दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। घाइते सबैको सगरमाथा अञ्चल अस्पताल राजबिराजमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ।
त्यसैगरी रायपुर १ स्थित राजबिराज-रुपनी सडक खण्डमा राजबिराजबाट रुपनीतर्फ जादै गरेको अल्फाबेट नखुलेको ९८४ नब्बरको मोटरसाइकलको ठक्करबाट एक बालक घाइते भएका छन्। घाइते हुनेमा रामपुरामल्हनिया २ बस्ने ओमनारायण साहको छोरा ५ बर्षिया कृष्ण साह रहेका छन्।
घाइते बालकको बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतीष्ठान धरानमा उपचार भइरहेको छ भने ठक्कर दिई फरार चालकको खोजी कर्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। त्यस्तै हनुमाननगर १ स्थित भित्रि सडक खण्डमा उत्तर बाट दक्षिण तर्फ आउदै गरेको साईकलले ठक्कर दिदा पैदलयात्री घाइते भएका छन्।

घाइते हुनेमा सप्तरी गोबरगाढा ९ बस्ने १८ बर्षिय भरत सदा रहेका छन्। ठक्करबाट घाइते सदालाई सगरमाथा अञ्चल अस्पताल लगिएकोमा उपचार हुन नसके पछि थप उपचारकोलागी बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतीष्ठान धरान लगिएको छ भने ठक्कर दिई फरार साइकल चालकको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget